| सोमवार, कार्तिक २३, २०८३

नेपाली कांग्रेस धार्चे गाउँपालिका–काठमाडौ सम्पर्क समितिको अध्यक्षमा तुलसिं गुरुङ

नेपाली कांग्रेस धार्चे गाउँपालिका काठमाडौ सम्पर्क समिति गठन भएको छ । शुक्रबार एक कार्यक्रमका बीच तुलसिं गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरिएको हो ।

समितीको उपाध्यक्षमा प्रदिपा गुरुङ र बुद्धि घले, सचीवमा एलिजा गुरुङ र सुक बहादुर गुरुङ, कोषाध्यक्षमा सरिता गुरुङ, सह–सचिवमा धन बहादुर गुरुङ र ईन्द्र बहादुर गुरुङ चयन भएका छन् । त्यस्तै, समितिको सदस्यहरुमा सुनिता गुरुङ, हरि गुरुङ, शिव गुरुङ, सागर गुरुङ, निशान गुरुङ, मिना गुरुङ र मुलाल गुरुङ चयन भएको नेविसंघ गोरखा जिल्ला समिती सदस्य रोजन गुरुङले जानकारी दिए ।


कार्यक्रममा धार्चे गाउँपालिका कांग्रेस सभापति सन्तोष गुरुङले वर्तमान कार्यसमितिलाई शुभकामना तथा निवर्तमान कार्यसमितिलाई धन्यवाद व्यक्त गरे । उहाले विगतका दिनमा नेपाली कांग्रेस धार्चे काठमाडौ सम्पर्क समितिले खेलेको भुमिका अतुलनीय रहेको भन्दै प्रशंसा गरेका थिए ।

त्यसैगरी ,गोरखा क्षेत्र नम्बर १ को महा समिती सदस्य फुल माया गुरुङले पनि अब आउदा दिनमा धार्चे काठमाडौ सम्पर्क समितिले कांग्रेसको पिल्लरलाई झनै मजबुत बनाउदै जाने बताउनु भयो साथै उहाले नयाँ बनेको कार्यसमितिलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नु भयो ।

त्यस्तै, धन प्रसाद गुरुङले नि वर्तमान ४ बर्ष को प्रतिवेदन र नया समिति लाई शुभकामना दिनु भएको थियो । नारायण लामिछानेले नयाँ कार्य समितिलाई नेपाली कांग्रेस को बारे प्रशिक्षण दिनु भएको थियो । उहाँले नेपाली कांग्रेसलाई निर्वाचन लक्षित कार्यक्रमहरु गर्दै अघि लैजान जोड दिनु भएको हो ।

नेपाली कांग्रेस धार्चे गाउँपालिकाका सभापति सन्तोष गुरुङको सभापतित्वमा तथा गोरखा क्षेत्र न १ का सभापति नारायण लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विषेश अतिथि गोरखा क्षेत्र न १ का सचिव रोशन गुरुङ, गोरखा क्षेत्र नम्बर १ को महा समिती सदस्य फुल माया गुरुङ ,गोरखा काठमाडौ सम्पर्क समिती को अध्यक्ष राम कृष्ण सिंम्खडा, महासमिति सदस्य फुलमाया गुरुङ , निवर्तमान अध्यक्ष धन प्रसाद गुरुङ , नारायण लामिछाने तथा नेपाली कांग्रेस धार्चे काठमाडौ सम्पर्क समितिका अध्यक्ष तुल्सिङ गुरुङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्