
गोरखामा पृथ्वीनारायण शाहको मुर्ति बनाउने तालिम सुरु
महिला उद्यमी संघ नेपाल गोरखाको आयोजना र गोरखा नगरपालिकाको सहयोगमा गोरखा सदरमुकाममा पृथ्वीनारायण शाहको मुर्ति बनाउने एक महिने तालिम सुरु भएको छ । तालिममा १० जना महिलाको सहभागीता रहेको छ ।
महिला उद्यमी संघ नेपाल गोरखाकी रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पृथ्वीनारायण शाहको सम्मान र गोरखाको स्मरणका लागि यहाँ आउने पर्यटकले चिनो लैजाने हुँदा मुर्ति बनाउने तालिम प्रभावकारी र ब्यवशायीक बन्न सक्ने बताए ।
सहभागीलाई सहायक प्रशिक्षक सारदा खत्रीले प्रशिक्षण दिनेछिन् । तालिम सुभारम्भ कार्यक्रमको सहजिकरण महिला उद्यमी संघ नेपाल गोरखाकी सिर्जना पाण्डे बस्नेतले गरेकी थिईन् भने कार्यक्रममा वडा अध्यक्ष कृष्ण केसीको पनि उपस्थिती थियो ।
महिलाहरुलाई ब्यवशायीक सिप सिकाउने उद्देश्यले महिला उद्यमी संघ नेपाल गोरखाले बिभिन्न खाले सिपमुलक तालिम दिँदै आएको छ ।




