| मङ्लबार, कार्तिक २४, २०८३

लायन्स क्लव अफ गोरखाको अध्यक्षमा लक्ष्मण आचार्य

लायन्स क्लव अफ गोरखाको २०२२।०२३ को अध्यक्षमा लक्ष्मणबाबु आचार्य चयन भएका छन् । विहिबार गोरखा सदरमुकाममा सम्पन्न भएको अधिवेशनबाट आचार्य अध्यक्षमा चयन भएका हुन् ।

समितिको प्रथम उपाध्यक्षमा भगवानबाबु मास्के, द्वितीय उपाध्यक्षमा सुजन कुँवर, तृतीय उपाध्यक्षमा अयोध्या जोशी, सचिवमा शरद श्रेष्ठ र कोषाध्यक्षमा गोविन्द गुरुङ चयन भएका छन् ।

त्यस्तै, मेम्बरसीप चियरपर्सनमा सन्जय अधिकारी, क्लव सर्भिसमा दिपक श्रेष्ठ, क्लव मार्केटिङ कम्युनिकेशन चिफ पर्सनमा शिवध्वज खत्री चयन भएका छन् ।

क्लव एडमिनीस्टेूटरमा शित्तलकाजी मास्के, एलसिआईएफ चेयरपर्सनमा योङकुमार श्रेष्ठ, क्लव डाइरेक्टरमा अन्जित कुमार श्रेष्ठ र अच्युतलाल श्रेष्ठ र लियो सल्लाहकारमा श्यामबाबु श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्