
नेपाल यातयात स्वतन्त्र मजदुर संगठन गोरखाको अध्यक्षमा पोखरेल
नेपाल यातयात स्वतन्त्र मजदुर संगठन गोरखाको अध्यक्षमा शिव पोखरेल चयन भएका छन् ।
विहिबार संगठनको १० औँ अधिवेशनबाट पोखरेल अध्यक्षमा चयन भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा रेशम नेपाली, सचिवमा विनोद पोखरेल, सहसचिवमा पुष्कर श्रेष्ठ र कोषाध्यक्षमा पदम बहादुर थापा चयन भएका छन् ।
समितिको सदस्यहरुमा राजु सुनार, नविन गुरुङ, जीवन रोका, सुवास नेपाली, बाबुराम श्रेष्ठ, अर्जुन पाण्डे, लेखबहादुर रम्तेल, मनोज भुजेल र उत्तम थापा चयन भएका छन् ।
कार्यक्रममा नेकपा एमाले गोरखाका उपसचिव सुरेश श्रेष्ठ, सुमन श्रेष्ठ, डिल्लिराम भट्ट, चुर्ण गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
शैलेश लामिछानेको अध्यक्षतमा तथा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेम गुरुङको प्रमुख आतिथ्यता र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटी अध्यक्ष विष्णुबहादुर खत्रीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




