| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा कृषि गणनाका लागि १९ सुपरिवेक्षक र ७६ गणक खटिने

गोरखामा कृषि गणना गर्नका लागि बुधबार कार्यालय स्थापना गरिएको छ । साविकको तथ्यांक कार्यालय माताहत रहने गरी कृषि कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख महेशप्रसाद ढुंगानाले जानकारी दिए ।

हाल कृषि गणनामा खटिने गणक र सुपरीवेक्षकहरुको अनलाइनमा फर्म भर्ने काम भइरहेको गोरखाका ढुंगानाले बताए । चैत्र एक गतेदेखि सात गतेसम्म अनलाइन तथा कार्यालयमै आएर फर्म भर्न पाउने छन् ।

जिल्लाबाट अनलाइन र कार्यालयमै आएर फर्म भरेका सबैको गणकको तथ्यांक संकलन गरी केन्द्रीय तथ्यांक विभागले चैत्र १० गते भित्रका जिल्लालाई चाहिने भन्दा ३० प्रतिशत थप गरी गणक र सुपरिवेक्षकका तथ्यांक पठाउने छन् ।् सोहि तथ्यांकको आधारमा चैत्र १५ गतेभित्र जिल्लामा खटिने गणना र सुपरीवेक्षक छनौट हुनेछ । १२ कक्षा पास गरेको, स्थानीय, अनुभवी, कृषि विषय अध्ययन गरेकालाई प्राथमिकता दिइने कार्यालयले जनाएको छ ।

उनकाअनुसार गोरखामा १९ जना सुपरीवेक्षक र ७६ जना गणक खटिने छन् । छनौट भएका गणकहरुलाई चैत्र २५ देखि वैशाख २ सम्म र सुपरीवेक्षकलाई चैत्र २५ देखि वैशाख ३ गतेसम्म आवश्यक तालिम दिइने कार्यालयले जनाएको छ । उनीहरु प्रत्येक कृषकको घरघरमा पुगी तथ्यांक संकलन गर्ने उनले बताए ।

देशभर हाल ६८ लाख परिवार रहेछन् । त्यस्तै ४२ लाख कृषक रहेका छ ।
उनीहरुले वैशाख ६ गतेबाट विधिवत रुपमा घरघरमा पुगी कृषि गणना सुरु गर्नेछन् । जिल्लाका सबै पालिकामा ४५ दिनभित्र कृषि गणना गरी सक्नुपर्ने उनले बताए । सो गणनाबाट आएको प्रारम्भिक तथ्यांक तीन महिनाभित्र आउने र अन्तिम नतिजा भने नौ महिनामा आउने कार्यालय प्रमुख ढुङ्गानाले बताए ।

उक्त गणनामा कृषक लगाउने अस्थायी, स्थायी बाली, कृषकले न्यूनतम चार आना जग्गामा काम गर्ने, एउटा भैसी पालेको, पाँच वटा भेडा, च्याङग्रा, खसी, बोका पालेको र २० वटासम्म हाँस, कुखुरा पालेको कृषकको गणना हुने उनले बताए । सो कृषि गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाइ, पशुपक्षीको संख्या, कृषि औजारको उपयोग, कृषि–कार्यमा संलग्न जनशक्ति, महिलाको नाममा भएको जग्गा, कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरित गृह पद्धतिको प्रयोग, माटो परीक्षण, पशुआहारको श्रोत, कृषि बजारसम्मको पँहुच, कृषि अवशेष वा फोहोरको व्यवस्थापनलगायत कोभिड १९ ले कृषि क्षेत्रमा पु¥याएको असरजस्ता विविध विषयमा तथ्याङ्क सङ्कलन गरिने भएको छ ।

कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका लागि देशलाई आवश्यक पर्ने आधारभूत संख्यात्मक सूचनाहरू प्राप्त गर्ने उद्देश्यले गणना गरिन लागेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्