
नेकपा एसका अध्यक्ष नेपाल र गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल लाप्राक आउदै
नेकपा एकीकृत समाजवादी नेपालका अध्यक्ष माधव नेपाल चैत्र ४ गते धार्चे गाउँपालिका ४ लाप्राक आउने भएका छन् । गुप्सीपाखाको एकीकृत नमूना बस्तीको अवलोकन तथा कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रममा सहभागि हुन उनी लाप्राक आउन लागेका नेकपा एसका धार्चे संयोजक किरण गुरुङले बताए ।
लाप्राकबाट फर्किए पछि नेता चैत्र ५ गते गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा सहभागि हुने नेकपा एसका गोरखा जिल्ला अध्यक्ष यादव बस्नेतले बताए ।
यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल चैत्र ६ गते लाप्राक आउने भएका छन् । गण्डकी प्रदेशका पहिलो सगरमाथा आरोही स्व इमान गुरुङको शालिक अनावरण गर्न र भूकम्प पश्चात धार्चेको पुननिर्माण अवस्था नामक पुस्तक विमोचन गर्नका लागि उनी लाप्राक जान लागेका हुन् ।
साथै उनले चैत्र सात गते गोरखा सदरमुकाममा नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ गोरखा शाखाका सचिव विकास मरहट्टाले जानकारी दिए ।




