| सोमवार, कार्तिक २३, २०८३

होलीमा इच्छा बिपरीत रङ दल्नेलाई गोरखा प्रहरीले कारवाही गर्ने

होलीमा इच्छा बिपरीत रङ दल्नेलाई गोरखा प्रहरीले कारवाही गर्ने भएको छ । जवर्जस्ती रङ दल्ने, लोला हान्ने, पानी छ्याप्नेलाई सार्वजनिक हितबिरुद्धको कसुरमा कारवाही गरिने प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।


मिसावटयुक्त रङ तथा फोहोर बस्तुको प्रयोग नगर्न, होली मनाउने भन्दै जथाभावी मादक पदार्थ सेवन गर्दै होहल्ला नगर्न, नशालु पदार्थ सेवन नगर्न प्रहरीले सावर्जनिक सूचना जारी गर्दै अनुरोध गरेको छ ।


अर्धनग्न भएर नहिँड्न, मोटरसाईक र अन्य सवारी साधनमा क्षमता भन्दा धेरै यात्रु सवार नगर्न, कोभिडको त्रास अझै बाँकी रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अपिल गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । ‘साँझ सात बजेपछि होली नखेल्न अनुरोध गछौँ’, उनले भने ।


होलीका बेला प्रहरीले गस्ती बढाउने, उछृङखल गतिविधिमा संलग्नलाई कारवाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्