
नेपाल उत्पीडित जाति मुक्ति समाजको अध्यक्षमा तारा सुनार
नेकपा एमाले सम्बद्ध जनसंगठन नेपाल उत्पीडित जाति मुक्ति समाजको अध्यक्षमा ताराबहादुर सुनार चयन भएका छन् । मंगलबार गोरखा सदरमुकाममा सम्पन्न भएको कमिटीको छैटौँ जिल्ला सम्मेलनबाट सुनारको अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा ग्यामबहादुर विक, सचिवमा गोविन्द नेपाली, उससिचिवमा सुर्य बहादुर नेपाली र रेणु नेपाली चयन भएको नेकपा एमाले गोरखा जिल्ला सचिव काजीराम रोकाले बताए ।
कार्यक्रममा जिल्ला उपाध्यक्ष कृष्णबहादुर नेपाली, सचिव काजिराम रोका, सचिवालय सदस्य टिकाराम नेपाली, जिल्ला कमिटी सदस्य कल्पना नेपाली, जिल्ला कमिटी सदस्य कल्पना वयलकोटी, जिल्ला सल्लाहकार परिषद सदस्य धनबहादुर विक, मुक्ति समाज जिल्ला सदस्य गोविन्द नेपाली, राष्ट्रिय युवा संघ जिल्ला इन्चार्ज भीम सुनार, मुक्ति समाज जिल्ला सदस्य सन्तबहादुर नेपाली लगायतले मन्तव्य राखेका थिए ।
तीर्थबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य बाबुराम थापा प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै नेकपा एमालेको केन्द्रिय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा मंगलबार पालुङ्टार नगरपालिका वडा ७ च्याङलीमा स्थानीय तह लक्षित पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेकपा एमाले गोरखाले जनाएको छ ।




