| सोमवार, कार्तिक २३, २०८३

२२० केभीए विद्युत प्रशारण लाइनको कामले गति लिओस्

आर्थिक आधारको मेरुदण्ड मानिएको मनाङदेखि चितवनसम्मको २२० केभीएको विद्युत प्रशारण लाइन विस्तारको काम गोरखाको पालुंटारमा आई रोकिएको झण्डै तीनबर्ष भएको छ । एयरपोर्ट भएर पनि अघि बढ्न नमिल्ने, ठाँटीपोखरी बजार क्षेत्र भएर पनि अघि बढाउन नमिल्ने र अन्य विकल्प पनि ननिस्कँदा प्रशारण लाइन विस्तारको काम गतिहिन भइरहेको थियो ।

केही समयअघि बैकल्पिक मार्गको खोजी भएको छ । सो वैकल्पिक मार्गको मुआव्जा समेत निर्धारण भइसकेको छ । अब सो कामले गति लिने आशा गर्न सकिने भएको छ ।

मनाङ, लम्जुङ र गोरखामा उत्पादन भएको विद्युत तनहूँको मार्किचोकस्थित सवस्टेशनमा जोडेर त्यहाँबाट भरतपुरस्थित राष्टिूय ग्रिडमा जोड्ने लक्ष्यसहित सो प्रशारण लाइन बिस्तार गर्न लागिएको हो । यो निर्माण भएपछि यस क्षेत्रमा उत्पादिन विद्युत देशभर फिँजाउन सकिन्छ, जसले देशको आर्थिक स्तर माथि उठाउन समेत मद्दत मिल्ने विश्वास लिन सकिन्छ ।
पालुङ्टारदेखि मार्किचोकसम्मको १० वटा टावर निर्माणको काममा गतिरोध भएको हो ।

वैकल्पिक बाटो खोजिएको पनि केही समय बितिसकेको छ, तर अझै काम सुरु गर्न ढिला भइरहेको छ । किन ढिला भइरहेको हो भन्ने बारे सरोकारवालाहरुले जिज्ञासा राखिरहेका छन् । त्यसैले यसलाई अब थप अलमल नगरी यथासक्य छिटो काम अघि बढाउनु पर्छ ।
संसदले एमसिसी परियोजना अनुमोदन गरिसकेको छ । एमसिसी परियोजना अन्तर्गतको एउटा महत्वपूर्ण काम पनि प्रशारण लाइन विस्तार हो । अब नेपाल जलविद्युतमा आत्मनिर्भर हुँदैछ । केही बर्षमा विद्युत बेच्ने अबस्थामा पुग्नेछ ।

विद्युत बेच्नका लागि विद्युत किन्ने देशको राष्टिूय ग्रिडसम्म जोड्न टूान्समिशन लाइन विस्तार गर्नुपर्नेछ । सो लाइन एमसिसी परियोजनाअन्तर्गत बन्नेछ ।
यस २२० केभीए विद्युत प्रशारण गर्ने टूान्समिसनको कामले पनि यथासीघ्र गति लिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्