
कांग्रेसको पालिकास्तरीय प्रशिक्षण धार्चेको माछाखोलामा
नेपाली कांग्रेस गोरखाले स्थानीय चुनाव लक्षित प्रशिक्षण कार्यक्रम सोमबार धार्चे गाउँपालिकाको माछाखोलामा सम्पन्न गरेको छ ।
‘घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ’, नाराका साथ सञ्चालित अभियानको क्रममा सोमबार माछाखोलामा कार्यक्रम गरिएको कांग्रेस गोरखाले जनाएको छ ।
प्रशिक्षणमा सहभागी कांग्रेस कार्यकर्ताले नेताहरु निरन्तर गाउँ आउनुपर्ने बताएका थिए । प्रश्न राख्ने क्रममा सहभागीले नियमित गाउँघरमा पुगेर जनताको सुखदुखसित एकाकार हुन कांग्रेसका नेताहरु गाउँ आउनुपर्ने, बिभिन्न कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका पार्टीका जिल्ला प्रबक्ता भगबानबाबु मास्केले बताए । कार्यक्रममा गाउँपालिका पार्टी सभापति सन्तोष गुरुङले आफ्नो कार्यकालयमा पालिकाले गरेको उपलब्धीका भए गरेका प्रगति विवरणहरु समेत प्रस्तुत गर्नुका साथै आगामी योजनाहरु समेत जानकारी गराएका थिए ।
गाउँपार्टी सभापति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, केन्द्रीय प्रतिनिधि नानु बास्तोला, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, गोरखा काठमाण्डौँ सम्पर्क समितिका अध्यक्ष रामकृष्ण सिम्खडा, मनकुमारी गुरुङ, पूर्ण दाहाल, क्षेत्र ख का सभापति ठाकुर भट्ट लगायतले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए ।




