
उवासंघको दुई दिने लेखा तथा व्यवस्थापकीय तालिम सम्पन्न
गोरखा उद्योग वाणिज्य संघ गोरखामा दुई दिने लेखा तथा व्यवस्थापकीय सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र तथा गोरखा उद्योग वाणिज्य संघ गोरखाको संयुक्त आयोजनामा तालिम भएको हो । शनिबार सुरु भएको तालिम आइबार सकिएको संघले जनाएको छ ।
व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि लेख तथा व्यवस्थापम सम्बन्धी तालिम संचालन गरिएको हो । तालिममा जिल्ला भित्रका ३० जना व्यवसायहरुको सहभागिता रहेको थियो । तालिममा घरेलु तथा साना उद्योग प्रवद्र्घन केन्द्रका कार्यकारी अकिृत क्रृर्षिराम पंगेनी, आन्तरीक राजश्व कार्यालय दमौलीका कम्यूटर अधिकृत रामप्रसाद पोखरेल, कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाका प्रमुख अधिकृत, करदाता सेवा कार्यालय गोरखाका अधिकृत कृष्णराज खतिवाडावाट प्रशिक्षण दुई दिने प्रशिक्षण दिएको संघले जनाएको छ ।
संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा तालिम कार्यक्रम समापन भएको थियो । घरेलु तथा साना उद्योग प्रवद्र्घन केन्द्रका कार्यकारी अधिकृत क्रषिराम पँगेनी, आन्तरिक राजश्व कार्यालय दमौलीका कम्यूटर अधिकृत रामप्रसाद पोखरेल, निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, महासचिव प्रकाशचन्द्र श्रेष्ठ, कार्यसमितिका पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहेको थियो ।




