| सोमवार, कार्तिक २३, २०८३

‘घरघर जाउँ कांग्रेस जिताऔँ’ अभियान आरुघाटमा

गोरखाका आरुघाट गाउँपालिकामा नेपाली कांग्रेसको पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘घरघर जाउँ कांग्रेस जिताऔँ’ अभियान अन्तरगत आरुघाटको घरेलु चौरमा आइतबार कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष नन्दप्रसाद न्यौपानेले केन्द्रबाट देशभर आइतबारबाट यो अभियान सुरु भएको र गोरखामा भने यसअघिदेखि नै संचालन भइसकेको बताए । आगामी वैशाख २९ गतेसम्म अभियान संचालन हुने भएकाले पार्टीका कार्यकर्ता सबै आफ्नो गाउँ समाज टोल टोलमा निरन्तर लागि पर्ने समेत अनुरोध गरे ।

अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउन अभियान संचालन गरिरहेको प्रवक्ता भगवान मास्केले बताए । सोहि कार्यक्रमको अवसरमा स्थानीय सुमन कार्कीले मृगौला पिडित खेम बहादुर रानालाई थप उपचारका लाििग रु २७ हजार सहयोग गरेको थियो । आइतबार मृगौला पिडित विरामीकी आमा एक माया रानालाई उक्त रकम हस्तान्तरण गरिएको प्रवक्ता मास्केले बताए ।

कार्यक्रममा पार्टीका जिल्ला सभापति नन्द प्रसाद न्यौपाने, पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ र केन्द्रीय सदस्य एवं केन्द्रीय नानु बास्तोला, पार्टीका जिल्ला सभापति नन्द्रप्रसाद न्यौपाने, जिल्ला उपसभापति धिरन थापा, पार्टी सचिब कृष्ण आले, क्षेत्र १ प्रदेश ख का सभापति ठाकुर भट्ट, गोरखा काठमाडौ सम्पर्क समितीका संयोजक राम कृष्ण सिंखडा, क्षेत्र नंम्बर २ का क्षेत्रीय सभापति गोबिन्द गुरुङ, क्षेत्र नंम्बर १ का क्षेत्रीय सभापति नारायण लामिछाने, पूर्व केन्द्रीय सदस्य एवं राष्टिूयसभा सदस्य कमला पन्त, नेपाली कांग्रेस आरुघाट गाउँपालिका सभापति राजु गुरुङ, आरुघाट गाउँ पालिकाको अध्यक्ष एवं प्रदेस सदस्य पुर्ण दाहाल, उपसभापति ईमानसिंह बस्नेत लगायतकाको सहभागिता रहेको थियो ।

‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीतिसाथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टीपंक्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराइने पार्टी कार्यालय गोरखाले जनाएको छ ।

कार्यक्रममा पार्टीका जिल्ला सभापति नन्द प्रसाद न्यौपाने, पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ र केन्द्रीय सदस्य एवं केन्द्रीय नानु बास्तोला, पार्टीका जिल्ला सभापति नन्द्रप्रसाद न्यौपाने, जिल्ला उपसभापति धिरन थापा, पार्टी सचिब कृष्ण आले, क्षेत्र १ प्रदेश ख का सभापति ठाकुर भट्ट, गोरखा काठमाडौ सम्पर्क समितीका संयोजक राम कृष्ण सिंखडा, क्षेत्र नंम्बर २ का क्षेत्रीय सभापति गोबिन्द गुरुङ, क्षेत्र नंम्बर १ का क्षेत्रीय सभापति नारायण लामिछाने, पूर्व केन्द्रीय सदस्य एवं राष्टिूयसभा सदस्य कमला पन्त, नेपाली कांग्रेस आरुघाट गाउँपालिका सभापति राजु गुरुङ, आरुघाट गाउँ पालिकाको अध्यक्ष एवं प्रदेस सदस्य पुर्ण

दाहाल, उपसभापति ईमानसिंह बस्नेत लगायतकाको सहभागिता रहेको थियो ।
‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीतिसाथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टीपंक्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराइने पार्टी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्