| सोमवार, कार्तिक २३, २०८३

धार्चे गाउँपालिकामा पनि सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण

केशव गुरुङ :

उत्तरी गोरखाको दुर्गम क्षेत्रमा रहेको धार्चे गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैक मार्पmत वितरण कार्य सुरु गरेको छ । लामो समयको प्रयासपछि फागुन २७ गतेबाट बैक मार्फत सामाजिक सुरुक्षा भत्ता वितरण कार्य सुरु भएको गाउँपालिकाले जनाएको छ ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ र सिभिल बैँक धार्चे शाखाका प्रबन्धक सन्तोष पनेरुद्वारा वडा नं एक हुल्चुकका स्थानीयहरुलाई संयुक्त रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरे ।

सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता बनाउन र सुशासन कायम गर्न बैँकमार्पmत भत्ता वितरण कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । सातवटा वडा रहेको यहाँ भौगोलिक विकटता र इन्टरनेटको पहुँच नहुँदा गाउँपालिक केन्द्र माछाखोलामा रहेको सिभिल बैकबाट भत्ता वितरण गर्ने व्यवस्था मिलाएको छ ।

भिडभाड कम गर्न र व्यवस्थित रुपमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि सबै वडालाई बार अनुसार सेवाको व्यवस्था गरेको छ । फागुन २७ गते वडा नं. १ हुल्चुक, २९ गते वडा २ रुन्चेत, केरौँजाबेशी, ३० गते केरौँजाका स्थानीयहरुले सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गरेको छ ।

चैत्र १ गते वडा नं. ३ खोर्ला, खोर्लाबेशी, चैत २ र ४ गते गते उहिया, ६ र ७ गते वडा नं ४ लाप्राक, ८ गतेबाट वडा नं ५ लप्सीबोट, यामगाउँ, ९ गते गुम्दा, १० गते सिङ्लाका स्थानीयले भत्ता पाउनेछन् । त्यस्तै, ११ र १२ गते वडा नं. ६ काशीगाउँ, यार्सा, १४ गतेबाट वडा ७ भीरकुना, ठाँठी, १५ गते लापु र खानीगाउँका स्थानीयहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने समय तालिका रहेको गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्चीकरण शाखाका प्रमुख डिलबहादुर गुरुङले बताए ।

उनका अनुसार पहिलो दिनमा वडा नं. १ हुल्चुकका ९९ जनामध्ये पाँचजनाबाहेक ९४ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका छन् । कामको व्यस्तताले पाँचजना नआएको बताउदै सुरुवाती चरणमै बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण कार्य प्रभावकारी देखिएको उनले बताए ।

‘धेरै समयको प्रयासपछि बैकमार्पmत सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेका छौँ’, उनले भने, ‘माघमा वितरण गरिसक्नु पर्ने भत्ता लेखाका कर्मचारी र प्रशासकीय अधिकृत सरुवा भएका कारण ढिलाई थियो । अहिले नयाँ हाकिम आएपछि बल्ल वितरण कार्य सुरु भएको छ ।’ हाल कात्तिक मंसिर र पुस महिनाको दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको उनले बताए ।

गाउँपालिकाभित्र ७० वर्ष माथिका जेष्ठ नागरिक ११ सय ५० जना रहेका छन् । ६० वर्ष माथिका दलित जेष्ठ नागरिक ३१ जना, ६० वर्षदेखि ६९ वर्ष सम्मका जेष्ठ नागरिक एकल महिला दुईसय तीनजना, विधवा दुईसय २७ जना रहेको उनले बताए । त्यस्तै, ‘क’ वर्गको रातो कार्ड भएको ५३ जना, ‘ख’ वर्गको एकसय २६ जना, पाँच वर्षमुनिका दलित बालबालिकाको संख्या एकसय २३ जना रहेकाछन् । दोस्रो त्रैमासिकमा सबै गरेर कुल १९ सय २३ जनालाई एक करोड ९९ लाख ५२ हजार ५ सय ७७ रुपैया वितरण गरिने शाखा प्रमुख गुरुङले बताए ।

गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका कर्मचारी र बैँकका कर्मचारीले संयुक्तरुपमा टोल टोलमा पुगेर सबैको सामाजिक सुरक्षा खाता खोलेका थिए । दुई महिनाको अवधिमा २४ दिन लगाएर सबै बैङ्कमा खाता खोलिएको उनले बताए ।

‘यातायातको सेवा नपुगेका हुल्चुक, उहिया, खोर्ला, सिङ्ला, रुन्चेत, लामाबेसी, केरौजाबेसी, लापुको भीरकुना, ठाँटी, पौटुलगायतका स्थानमा अभैm मोटर पुगेको छैन’, उनले भने, ‘उनीहरु एकदिनमै बैँकसम्म आउन र फर्किन मुस्किल पर्छ । त्यसैले तीन÷तीन महिनामा भत्ता लिन समस्या भएमा वर्षका अन्तिममा एकैपटक लिन आउन पनि सक्नुहुन्छ ।’

बैकसम्म आउन नसक्नेहरुलाई लागि वडाको सिफारिसमा उनीहरुको संरक्षकले बैँकबाट भत्ता लिन सकिने गुरुङले बताए ।
यस्तै, संरक्षक नभएका, ९० वर्षमाथिका र रातो कार्डवाला अपांगता भएका व्यक्तिहरु बैकसम्म जान नसक्ने भएकाले उनीहरुलाई वडामै गएर भत्ता वितरण गर्ने योजना रहेको उनले बताए ।
वैंकिङ प्रणालीका कारण केही सास्ती भएपनि सामाजिक सुरक्षा भत्ता वितरणमा पादर्शिता आउने, दुरुपयोग हुन नपाउने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्