| सोमवार, कार्तिक २३, २०८३

गोनपा १४ मा शिव मन्दिर सिलान्यास

गोरखा नगरपालिका वडा नम्बर १४ मा शिव मन्दिरको सिलान्यास गरिएको छ । गोरखा नगरपालिका मेयर राजनराज पन्तले उक्त मन्दिरको सिलान्यास गरेका हुन् ।

वडाबाट बिनियोजित एकलाख रुपैयाँले उक्त मन्दिर चालु आर्थिक वर्षभित्र निर्माण सक्ने गरी सुरु भएको वडा अध्यक्ष रामबहादुर खड्काले बताए । कार्यक्रममा उपप्रमुख विना कुमारी श्रेष्ठ, कार्यपालिका सदस्यहरु सावित्रा थापा मगर, मित्रा परियार लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्