| सोमवार, कार्तिक २३, २०८३

गोरखाका ब्यवशायीसँग परिवर्तित कर नीति बारे अन्तरक्रिया

गोरखा उद्योण वाणिज्य संघ गोरखामा परिवर्तित कर नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । उद्योगा वाणिज्य संघ गोरखाको आयोजना शुक्रबार एक दिने परिवर्तित कर नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।


अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा प्रदायक संस्थालाई छुट व्यवस्था, करको दायरामा आउनेलाई कर, शुल्क तथा व्याज मिनाहा हुने, पूर्वानुमानित तथा कारोबारमा आधारित आय वितरण पेश गर्ने करदाताको लागि विशेष व्यवस्था लगायतको बारेमा छलफल भएको संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।


नेपाल सरकारले परिवर्तन गरेको कर निती दफा ३४ को अनुसार सेवा प्रदायक लगायतका प्राकृतिक व्यक्तिले आ.ब.२०७५÷७६‚ २०७६÷७७ र २०७७÷७८ को करयोग्य आयमा आयकर ऐन‚ २०५८ बमोजिम लाग्ने कर २०७८ साल फागुन मसान्तभित्र बुझाई स्थायी लेखा नम्बर लिएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिन्हा हुने बताइएको छ । त्यस्तै, उपदफा ९१० बमोजिमको कर बुझाएमा आर्थिक वर्षमा २०७५÷७६ भन्दा अगाडिको आयमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने कर‚ शुल्क तथा ब्याज र आ.ब.२०७७÷७८सम्मको कारोबारमा मू.अ कर ऐन, २०५२ बमोजिम लाग्ने कर, थप दस्तुर, तथा ब्याज मिन्हा हुनेछ जनाएको छ ।


सरकारले व्यवस्था गरेको कर छुट सुविधा उपभोग गर्नका लागी सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षता एवं आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत डाक्टर नारायण ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करदाता सेवा कार्यालयका प्रमुख कृष्णराज खतिवडा, संघका पूर्व अध्यक्षहरु शित्तलकाजी मास्के, ईश्वरकाजी मास्के, निवर्तमान अध्यक्ष जिवनज्योती श्रेष्ठ, कार्यसमितिका पदाधिकारी तथा सदस्य लगायत महिला उद्यमी विकास समितिको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्