
राम्चे प्राविमा एक लाख ११ हजार रुपैयाँको अध्यक्षकोष स्थापना
शहिदलखन गाउँपालिका वडा न ८ स्थित बुङकोटमा रहेको राम्चे प्राथमिक विद्यालयमा एक लाख भन्दा बढीको अध्यक्षकोष स्थापना गरिएको छ । विद्यालयको ३३ औँ बार्षिकोत्सव तथा अभिभावक समारोह अवसरमा अक्षयकोष स्थापना गरिएको हो ।
वार्षिक उत्सवको अवसरमा एक लाख भन्दा बढी रकमको तीन वटा अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समिति सदस्य एवं नव ईन्द्रेणी बुङ्गकोट युवा क्लबका अध्यक्ष राजेश श्रेष्ठले बताए ।
जगत बहादुर श्रेष्ठ स्मृति ५५ हजार, राजकुमार श्रेष्ठ स्मृति रु २५ हजार, केरमान तथा डल्लिमाया श्रेष्ठ स्मृति अक्षकोष रु ३१ हजारको अक्षयकोष स्थापन गरिएको श्रेष्ठले बताए । सबै गरेर कुल एक लाख ११ हजार रुपैयाँको अक्षयकोष स्थापना भएको उनले बताए ।
रामकुमार श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ, मान कुमारी श्रेष्ठले जगतबहादुर स्मृति अक्षयकोष, रामकृष्ण श्रेष्ठले केरमान तथा डल्लिमाया स्मृति अक्षयकोष र प्रेम बहादुर श्रेष्ठले राज कुमार स्मृति अक्षकोष स्थापना गरेको उनले बताए ।
त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमप्रकाश श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा अध्यक्ष काशीनाथ अंगाईले बिद्यालय लाई भौतिक , शैक्षिक लगायत जुनसुकै गतिविधिमा अगाडि बढाउन स्थानीय सरकार तयार रहेको बताए ।
विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता तथा वडा अध्यक्ष काशीनाथ अंगाईको प्रमुख आतिथ्यता भएको कार्यक्रममा अमृत बाबू श्रेष्ठ, ओमबहादुर खड्का, वडा सदस्य, शिक्षक, स्थानीयहरुको सहभागिता रहेको थियो ।




