| सोमवार, कार्तिक २३, २०८३

बैंकिङ कसुरमा फरार सौरपानीकी एक महिला पक्राउ

बैंकिङ कसुरमा फरार गोरखाको बारपाक सुलिकोट गाउँपालिका सौरपानीकी शान्ता कोइराला दवाडीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७८ मंसिर २१ उच्च अदालत पाटन ललितपुरको फैसला अनुसार बैंकिङ कसुरमा दोषी ठहर भएको दवाडी शुक्रबार काठमाण्डौँबाट पक्राउ परेकी हुन् ।

अदालतले उनलाई दोषी ठहर गरी नौ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सीतापाइलाबाट पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्