
स्वास्थ्यको क्षेत्रमा गोरखा नगरपालिका प्रदेशकै उत्कृष्ठ, निर्देशनालयद्वारा सम्मान
स्वास्थ्यको क्षेत्रमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ठ भएको भन्दै स्वास्थ्य निर्देशनालयले सम्मान गरेको छ ।
शुक्रवार पोखरामा आयोजित स्वास्थ्य कार्यक्रमहरुको योजना तर्जुमा सम्ंबन्धी कार्यक्रममा गोरखा नगरपालिकालाई प्रदेश निर्देशनालयले सम्मान गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त र गोरखाका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मी मार्फत नगरपालिकालाई सम्मान पत्र प्रदान गरेकी हुन् ।
आर्थिक वर्ष २०७७।७८ को प्रदेश स्तरीय वार्षिक समिक्षामा तय गरेका बिभिन्न जनस्वास्थ्यका सुचकको आधारमा गण्डकी प्रदेश अन्तरगतका स्थानीय तह मध्ये गोरखा नगरपालिकाले प्रथम स्थान हाँसिल गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर श्रीराम तिवारीले बताए ।
गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पन्तले एक सय नम्बरमा गोरखा नगरपालिकाले ८० दशमलव ३४ अंक ल्याएको बताउँदै भने ‘सम्मानले हामीलाई अझै अंक बढाउन, जनताको स्वास्थ्यमा संवेदनशिल हुन उर्जा थपेको छ ।’




