
तीन किलोमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यू
आँबुखैरेनी गोरखा सडक खण्डको तीन किलोमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यू भएको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका चालक आँबुखैरेनी गाउँपालिका ३ का सञ्जिव बयलकोटीको उपचारका लागि चितवन लैजाँदै गर्दा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बाग्मती ०१–०२५ च १०७३ नम्बरको जिपले प्रदेश ०३–०२०१४ प ८३२७ नम्बरको मोटरसाईकललाई शुक्रवार बिहान गोरखा नगरपालिका १३ स्थित सडकमा ठक्कर दिएको थियो ।
तरकारी बोक्न प्रयोग हुने बोलेरो गाडीले ठक्कर दिएको थियो । चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।




