| सोमवार, कार्तिक २३, २०८३

शैलपुत्रीमा मानव अधिकारका बारेमा विद्यार्थीसँग अन्तरक्रिया

मानव अधिकार सञ्जाल गोरखाद्वारा शैलपूत्री मावि देउरालीमा मानव अधिकार, बाल अधिकार र नेपालको संविधान विषयक अन्तक्रिया कार्यक्रम भएको छ ।


कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुसँग अन्तक्रिया गरिएको थियो । विद्यालयका प्रधानाध्यापक वुद्धि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दुल्लभ क्याम्पसका प्रमुख सुरेश पनेरुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा मानव अधिकार सञ्जालका अध्यक्ष यदुप्रसाद अधिकारीले प्रशिक्षण गर्दै छात्रछात्राले सोधेका प्रश्नको जवाफ दिएका थिए ।

सञ्जालले यसअघि पनि गोरखाको बिभिन्न विद्यालयमा पुगेर बाल अधिकार, मानव अधिकारका बारेमा प्रशिक्षणमुलक कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्