
आमा बाबुको सम्झनामा मानव सेवा आश्रमको एउटा कोठा बनाउन पाँच लाख सहयोग
मानव सेवा आश्रम गोरखाको भबन निर्माणका लागि एउटा कोठा निर्माण गर्न पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग जुटेको छ ।
गोरखा नगरपालिका ७ नयाँ बजार घर भई हाल बेलायत बस्ने रेखा राना र डिलेन्द्र रानाले स्वर्गिय बुबा ठाकुरसिंह थापा र आमा उत्तरकुमारी थापाको सम्झनामा उक्त सहयोग गरेका हुन् ।

सहयोग ग्रहण गर्दै मानव सेवा आश्रम गोरखाले स्वर्गिय बुबा आमा प्रति श्रद्धान्जली अर्पण गरेको छ भने सहयोग गर्ने राना दम्पत्ती प्रती धन्यवाद ज्ञापन गरेको आश्रमकी मुना लामाले बताईन । आश्रमका अविभाबक सित्तलकाजी मास्केलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
मानव सेवा आश्रमले पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्नेको नाममा एउटा कोठा निर्माण गर्ने अभियान थालेको छ । गोरखा नगरपालिका ८ स्थित नगरपालिका रोडमा बन्दै गरेको मानवसेवा आश्रमको बाल शाखामा उक्त कोठा बन्नेछ ।




