
नारा र भाषणले मात्र महिलाको उत्थान हुदैन
बर्षौँ भयो, महिला हिंसाविरुद्धको १६ दिने अभियानमा पनि विभिन्न संघसंस्थाहरुले महिलाको हक, अधिकारको पैरवी भएको । नारा, जुलुश हुनेगर्छ, भाषण, प्रवचन सुन्ने गरेको पनि दशकौँ भयो ।
अनि फेरि हरेक बर्षको मार्च ८ मा पनि अन्तर्राष्टिूयस्तरमा श्रमिक महिला दिवस मनाउने गरिन्छ । यतिबेला पनि महिलाको स्तर उकास्ने सम्बन्धी अनेकन भाषण, नारा, जुलुश हुने गर्छ ।
महिलामाथि हिंसा हुने गरेको, विभेद तथा दमन, उत्पीडन हुने गरेकाले महिला हिँसा अन्त्य र महिला हक अधिकार सुनिश्चितता सम्बन्धी पर्याप्त आवाज उठ्ने गर्छन् ।
यसले गर्दा सहरमा रहेका महिलाहरुको वक्तृतामा निखारता त ल्याउला तर लक्षित महिलाहरुमा तात्विक फरक पार्दैन । सहरी वातावरणमा हुर्केका, सामाजिक गतिविधिमा सरिक रहेका महिलामाझ बेलाबेला हुने चेतना र जागरण सम्बन्धी भाषण वक्तृत्व कला प्रतियोगिता सरह मात्र हो ।
महिला सशक्तिकरणका लागि सरकारी तथा गैरसरकारी तहबाट पनि ठूलै धनराशी खर्च हुने गरेका छन् । अक्सर यिनै होटलहरुमा, सडकहरुमा औपचारिक कार्यक्रम गरेर बजेट समाप्त हुन्छ तर दूरदराजका महिलाहरुको पीडा उस्ताको उस्तै छ । उनीहरुको पीडालाई सम्बोधन हुने खालको कार्यक्रम नगरेसम्म अवस्था सुध्रिनेवाला छैन ।
भनिन्छ, दलितलाई दलित नेताले ठग्छ, महिलालाई महिलालने नै ठग्छ । यो कटुवाणीलाई झुठो सावित गर्न महिलाहरु स्वयं जागृत हुनुपर्छ र दूरदराजका महिलालाई थोरै भने पनि माथि उठाउन पहल गर्नुपर्छ ।
त्यसैले विशेषगरी स्थानीय सरकारले महिलाको हक, अधिकार सुनिश्चितताका लागि योदान गर्नुपर्छ । महिला सशक्तीकरणका लागि सबैको सरोकारको विषय भएकाले सबैले आआफ्ना क्षेत्रबाट समन्वयात्मक तरिकाले काम गर्नुपर्छ ।
नीति बनाउने काम संघ तथा प्रवद्र्धनका कार्यक्रमहरुमा स्थानीय तहले जोड दिनुपर्छ । महिलालाई सशक्त बनाउन तीन वटै तहका सरकारले नीति योजना र कार्यक्रम तय गर्नुपर्छ ।




