| सोमवार, कार्तिक २३, २०८३

उद्योग वाणिज्य संघ स्थापना दिवसको अवसरमा स्टेशनरी सामाग्री वितरण

गोरखा उद्योग वाणिज्य संघ गोरखाको स्थापना दिवसको अवसरमा विन्दवासिनी माविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

संस्थाको ४८ औँ स्थापना दिवसको अवसरमा गोरखा नगरपालिका वडा ३ नारेश्वरमा रहेको विन्ध्यावासिनी माविमा अध्ययरत विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको संस्थाका महासचिव प्रकाशचन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १० जना वौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सरसफाई सामाग्री र स्टेशनरी सामाग्री वितरण गरेका हन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको उनले बताए । करिब ३० हजार रुपैयाँ बरारको सामाग्री वितरण गरिएको उनको भनाइ छ ।

कार्यक्रममा संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । स्थापना दिवसको अवसरमा उद्योग वाणिज्य संघको परिसरमा दीप प्रज्वलन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्