| सोमवार, कार्तिक २३, २०८३

महिला दिवसको अवसरमा गोरखा नगरपालिकाद्वारा बक्तृत्वकला

एकसय १२ औँ महिला दिवसको अवसरमा गोरखा नगरपालिकाले बक्तृत्वकला प्रतियोगिता गरेको छ । सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने नारासहित ११ र १२ मा अध्ययनरत छात्राहरु बीच प्रतियोगिता भएको हो ।

११ विद्यालय सहभागी प्रतियोगितामा गोनपा १२ महेन्द्र माविका गीत सिर्मल पहिलो, द वल्ड क्यापिटल मावि रानीवनकी अप्सना खातुन दोस्रो, गोनपा १० रत्नराज्य मावि बिरेनचोककी स्वस्तिका भुजेल तेस्रो र गोनपा ३ विन्ध्याबासिनी माविका सुमना कोईरालाले सान्तवना स्थान हात पारेका थिए ।

उनीहरुले क्रमश पाँच, तीन, दुई र एकहजार नगदको साथमा प्रमाण पत्र प्राप्त गरेका थिए । नगरपालिकाकी उपप्रमुख वीनाकुमारी श्रेष्ठको अध्यक्षता र मेयर राजनराज पन्तको प्रमुख आथित्यतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य सावित्रा थापा मगर, महिला उद्यमी संघकी सचिव सिर्जना पाण्डे, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्