| आइतवार, कार्तिक २२, २०८३

महिला दौड प्रतियोगितामा पवित्रा पहिलो

गोरखामा नारी दिवसको अवसरमा भएको दौड प्रतियोगितामा पवित्रा बयलकोटी पहिलो भएकी छिन् । एकसय १२ औँ अन्तराष्टिूय नारी दिवसको अवसरमा रोट्रयाक क्लव अफ बज्र मनास्लुले गरेको दौड प्रतियोगितामा बयलकोटी प्रथम भएकी हुन् ।

उनले २.५ किलोमिटर दुरी १२ दशमलव ३३ मिटेनमा पूरा गरेकी थिइन् । उनले नगद सात हजार, टूफी, मेडल र प्रमाणपत्र पाएको क्लवकी पूर्व अध्यक्ष अनुशा श्रेष्ठले बताईन् ।

त्यस्तै प्रतियोगितामा नवज्योति माविकी सञ्जिता लामिछाने दोस्रो र समिक्षा बसेल तेस्रो भएकी छिन् । द्वितीय र तृतीय हुनेलाई क्रमश नगद पाँच हजार, तीनहजार सहित नगद र प्रमाणपत्रले सम्मान गरिएको छ ।

गोरखा नगरपालिकाकाकी उपप्रमुख विना कुमारी श्रेष्ठले उनीहरुलाई पुरस्कार वितरण गरेकी हुन् । प्रतियोगितामा २५ जनाको सहभागिता रहेको आयोजक क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्