| मङ्लबार, कार्तिक २४, २०८३

सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

 नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहदै तोलाको एक लाख ३ हजारमा कारोबार भइरहेको छ। यसअघि सोमबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै आज तेजावी सुन तोलाको एक लाख २ हजार ५ सयमा कारोबार भइरहेको छ।

यसैगरी, आज चाँदीको मूल्यमा भने १५ रुपैंयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्