
सिरानचोकमा काँग्रेसको निर्वाचन केन्द्रित कार्यक्रम
सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेसको पालिकास्तरीय निर्वाचन केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला कार्यसमिति र सिरानचोक गाउँपालिकाको बीचमा अन्तरक्रिया कार्यक्रम भएको प्रवक्ता भगवानवावु मास्केले जानकारी दिए । कार्यक्रममा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारीका बारेमा छलफल भएको उनले बताए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले सबै नेता कार्यकर्ता आसन्न निर्वाचन केन्द्रित हुनुपर्नेमा जोड दिए । केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले एमसिसी नेपालको लागि आवश्यक परियोजना भएको बताए ।
केन्द्रिय सदस्य अब्दुल सतारले पार्टी भित्रको आन्तरिक मतदभेदलाई हटाएर सबै एक जुट भई अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस सिरानचोक गाउँपालिका अध्यक्ष भक्त गुरुङ अध्यक्षता तथा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु गुरुङ, गण्डकी प्रदेश सदस्य मनकुमारी गुरुङ, प्रकाशचन्द्र दवाडी, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, पार्टीका प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठ, पुर्व केन्द्रीय सदस्य एवं राष्टिूय सभा सदस्य कमला पन्त, प्रदेश ख का सभापति दिनेश खनखबास, सलाउदीन मियाँ, महासमिति सदस्य मोहन पोखरेल लगायतले धारणा राखेका थिए ।




