| सोमवार, कार्तिक २३, २०८३

कमल थापा नेतृत्वको राप्रपा नेपाल गोरखाको अध्यक्षमा बस्नेत

कमल थापा नेतृत्वको राप्रपा नेपाल गोरखाको अध्यक्षमा कुलबहादुर बस्नेत चयन भएका छन् । आईतवार गोरखामा भएको एक भेलाले ६३ सदस्यीय समिति गठन गरेको अध्यक्ष बस्नेतले बताए ।

कमल थापाले राप्रपा नेपाल पार्टी गठन गरेसँगै यस अघि राप्रपामा रहेकाहरु नयाँ पार्टीमा गएका छन् । गोरखामा पनि यो क्रम बढेको छ । भातृ संस्था गठनको तयारी पनि भईरहेको अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्