| आइतवार, कार्तिक २२, २०८३

छेपेटारमा जारी जिल्ला लिग फुटबल अन्तर्गत आज तीनवटा खेल हुँदै

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमवार दुईवटा खेल भएको छ ।


पहिलो खेल हरमटारी क्लव र चेपे आदर्श बीच भएको थियो । उक्त खेल गोलरहित बरावरीमा टुङ्गियो । दोस्रो खेल तालदेवी युवा क्लव र द ओसन क्लव बिच भएको थियो ।

उक्त खेलमा ४–० गोल अन्तरले द ओसन क्लव बिजयी भएको एन्फा गोरखाका महासचिव बिशाल गुरुङले बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा एन्फा गोरखामा आवद्ध ११ क्लव बीच लिग प्रणालीमा खेल चलिरहेको छ ।

मंगलवार बिहान बौद्ध हिमाल क्लव पालुङटार र सतिपिपल क्लव गोरखा, दिउँसो दि गुर्खाज युनाइटेड पाटेचौर र मस्र्याङ्दी क्लव पालुङटार बिच हुनेछ । मंगलवारको अन्तिम खेल च्याङ्ली स्पोटर्स क्लव र मस्र्याङ्दी क्लव बिच हुने एन्फाका महासचिव गुरुङले बताए ।


चैत ५ गतेसम्म गोरखा लिग फुटबल प्रतियोगिता चल्ने एन्फाले जनाएको छ । प्रतियोगितामा बिजेतालाई नगद एकलाख र उपबिजेतालाई नगद ५० हजार पुरस्कार प्रदान गरिने एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । कोभिडका कारण २०७६ पछि गोरखामा लिग फुटबल गर्न नसकिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्