
आँपपिपल अस्पतालमा आँखा शिविर, ८२ जनाको शल्यक्रिया
गोरखाको पालुङटार स्थित आँपपिपल अस्पतालमा आँखा शिविर गरिएको छ । शिविरमा ८२ जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालका ब्यवस्थापक बाबुराम गिरीले बताए ।
आँपपिपल अस्पताल र मातृका आई सेन्टरको संयुक्त आयोजनामा शिविर भएको हो । शिविरमा सहभागीलाई निशुल्क खानाको पनि ब्यवस्था गरिएको अस्पतालले जनाएको छ । शिविरमा शल्यक्रिया, चस्मा, औषधी निशुल्क प्रदान गरिएको ब्यवस्थापक गिरीले बताए ।




