
जसपाको पालुङटारमा प्रशिक्षण सम्पन्न
गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टीको पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले आसन्न स्थानीय निर्वाचनमा केन्द्रित हुन अनुरोध गरे । सोही भेलाले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न समिति गठन गरेको छ ।
रमेश पोखरेलको संयोजकत्वमा एक हजार एक सय एघार सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको जसपा गोरखाका पार्टी सचिव बिपिनचन्द्र ढकालले बताए ।
सन्तोष पोखरेलको संयोजकत्वमा १३ सदस्यीय प्रचारप्रसार समिति, सम्भु कौडालको संयोजकत्वमा सात सदस्यीय आर्थिक समिति र शान्ता न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन घोषण पत्र समिति गठन गरिएको उनले जानकारी दिए ।

नगरपालिका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा तथा जसपा संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य दुर्गा न्योपाने, केन्द्रिय सदस्य रमेश पोखरेल, क ज्ञानेन्द्र कुमाल, अमृत आचार्य लगायतले मन्तव्य राखेका थिए । जनता समाजवादी पार्टी गोरखाले बिभिन्न पालिकामा भेला, प्रशिक्षण सँगै स्थानीय निर्वाचन केन्द्रित बिभिन्न उप समिति गठन गरेको जिल्ला सचिव बिपिनचन्द्र ढकालले बताए ।




