
गोरखाको भिमसेन थापा गाउँपालिकाको कुन वडामा कति मतदाता(सूचीसहित)
आउँदो बैशाख ३० गते हुने निर्वाचनमा गोरखाबाट दुईलाख १९ हजार ३९४ जना मतदाता मतदानमा सरिक हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले अध्यावधिक गरेको सो तथ्यांक दावी बिरोधका लागि प्रत्येक पालिकामा पठाएको जनाएको छ ।
भिमसेन थापा गाउँपालिकाका आठ वटा वडामा कुल १९ हजार ७७२ मतदाता रहेका छन् । यहाँको मतदाता संख्या निम्न अनुसार रहेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

हिजो विहिबार जिल्लाका ९४ वटै वडामा मतदाता नामावली प्रकाशन गर्ने गरेको छ । सो प्रकाशन पछि कसैको झुटो विवरण समावेश गरेको, दोहोरिएको भए सोको विरोधमा उजुरी दिन पाइने व्यवस्था छ ।
त्यस्तै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको, बसाईसरी गएको उजुरी परेमा यही फागुन २४ गतेसम्म सच्याइने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । सच्याइएको अन्तिम नामावली २५ गते जिल्ला निर्वाचन कार्यालयले प्रकाशन गर्नेछ र सो तथ्यांक २६ गते निर्वाचन आयोगमा पठाउने पूर्व निर्धारित कार्यक्रम रहेको बताइएको छ । कार्यालयका अनुसार गोरखामा हाल २१५ मतदान स्थाल र तीन सय १५ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।




