
मसेलकी चित्रकुमारीलाई उपचारार्थ आर्थिक सहयोग
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेल गैराथोककी चित्रकुमारी श्रेष्ठलाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरिएको छ । चार महिनादेखि आन्द्रामा मासु पलाएर शल्यक्रिया गर्न समेत नमिलेपछि उनलाई क्यान्सर भएको थियो । उनको उपचारार्थ
अन्नपूर्ण युवा क्लवको सक्रियतामा संकलन भएको एक लाख ८० हजार ३५ रुपैयाँ सहयोग गरिएको क्लवका सचिव सित्तल गुभाजुले बताए ।
आर्थिक अभावका कारण उपचार नपाउने अवस्था सिर्जना भएपछि क्लवले चित्रकुमारी श्रेष्ठ बचाउ अभियान सुरु गरेको थियो ।
अभियानका क्रममा बिभिन्न ब्यक्तिहरुबाट संकलन भएको उक्त रकम परिवारका सदस्य तथा छोरी सविना श्रेष्ठलाई क्लबका अध्यक्ष दिपक बराम र भिमसेन थापा गा पा १ मसेलका वडा सदस्य बुद्धि बहादुर बरामले संयुक्त रुपमा हस्तान्तरण गरेको क्लवका सचिव गुभाजुले बताए ।




