
कुक र वेटरको एक महिने तालिम सकियो
युवाहरुलाई स्वरोजगार र ब्यवशायिक बनाउन गोरखामा एक महिने जुनियर कुक तथा वेटर तालिम दिइएको छ । प्राविधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद फुलबारी पोखराको आर्थिक सहयोगमा गोरखा उद्योग बाणिज्य संघ र गोरखा नगरपालिकाको समन्वयमा ६० जना युवालाई तालिम दिइएको उद्योग बाणिज्य संघ गोरखाका महासचिव प्रकाशचन्द्र श्रेष्ठले बताए ।
२०÷२० जनाको दुई सिफ्टमा कुक र २० जनालाई एक सिफ्टमा वेटर तालिम दिइएको थियो ।
‘सिप सिकाई ब्यवशायिक बनाउने योजना सहित हामीले तालिम दिएका हौँ’ गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले भने ।
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सोमवार भएको तालिम समापन कार्यक्रममा प्रमुख अथिति गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सिप सिकेपछि त्यसलाई ब्यवहारमा लागु गर्न सुझाब दिए । साथै उनले सिकेको सिपलाई निरन्तरता दिन पनि अनुरोध गरे । ‘तालिम र प्रमाण पत्र लिने मात्र होईन, ब्यवशायिक बन्न र रोजगारीका लागि देश बिदेशमा पनि काम गर्न सकिन्छ’, उनले भने ।
कार्यक्रममा संघका निर्वतमान अध्यक्ष जिबनज्योती श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष नरेन्द्र ढकाल, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भगबानबाबु मास्के, प्रशिक्षकहरु उज्वलबहादुर कार्की, टेकेन्द्र तुलाचन, प्रशिक्षार्थी असिका उपरकोटी, सुमित श्रेष्ठ लगायतले धाराणा राखेका थिए ।




