| सोमवार, कार्तिक २३, २०८३

दलिततर्फका उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति

गोरखाको शहिदलखन गाउँपालिका वडा ८ घर भई विभिन्न विद्यालयमा अध्ययन गरी दलित समुदायकोतर्पmबाट एसईईमा उ्रत्कृष्ट अंक ल्याउने दुईजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति वितरण गरिएको वडा अध्यक्ष काशीनाथ अम्गाईले बताए ।

वडाभित्र रहेका सामुदायिक विद्यालयहरुबाट एसईई उतीर्ण गरी उत्कृष्ट अंक ल्याउने दलित छात्र र छात्रालाई रु २५ हजारका दरले वितरण गर्ने निर्णय अनुसार छात्रवृत्ति वितरण गरिएको उनले बताए । जसअनुसार वडाले जारी गरेको सूचना अनुसार निवेदन परेको वडा नं ७ को स्मृति उमावि अध्ययरत छात्रा सिरिसा नेपाली र गोरखा नगरपालिका ६ को शक्ति उमाविमा अध्ययनरत सुशन नेपालीलाई छात्रवृत्ति उपलब्ध गराएको अम्गाईले जानकारी दिए ।

दुवै जनालाई रु २५÷२५ हजारको दरले उनीहरुकै खातामा जम्मा गरिदिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्