
एमाले गोरखाको निर्वाचन लक्षित संगठन सुदूढीकरण अभियान जारी
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले गोरखाले जिल्लाका सबै पालिकाहरुमा पार्टी संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको छ ।
जिल्लाका सबै पालिकामा संगठन सुदृढीकरणका लागि पालिकास्तरीय वैठक तथा प्रशिक्षण कार्यक्रम भइरहेको नेकपा एमाले गोरखाका सचिव काजीराम रोकाले बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामशरण बस्नेत, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्र्चाज सम्झना देवकोटा, प्रदेश कमिटी सदस्यहरु, जिल्ला अध्यक्ष प्रेम गुरुङ, उपाध्यक्ष कृष्ण नेपाली लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको सचिव रोकाले जानकारी दिए ।
हालसम्म जिल्लाका सबै पालिकामा टोल कमिटी, विभिन्न जनसंगठनको वडास्तरीय कमिटी गठन गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको उनले बताए । संगठन विस्तार करिब ७५ प्रतिशत सकिएको उनको भनाइ छ ।
पार्टी केन्द्रीय सदस्यलगायतका सबै कार्यकताहरु धार्चेको गुम्दा, लाप्राक, लापु लगायतका क्षेत्रमा पार्टीको प्रशिक्षण तथा कमिटी गठन गरी फर्किएको बताए ।
यसरी नै सबै स्थानीय तहमा व्यापाक जनसहभागिताका साथ पार्टीं विभिन्न कमिटी गठन तथा प्रशिक्षण कार्यक्रम संचालन भइरहेको पार्टीले जनाएको छ ।




