
परिचय पत्र हराएकालाई सास्ती नदेउ
मतदाता परिचय पत्र हराएकाले नयाँ बनाउनुपर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । २०७४ को निर्वाचनमा परिचय पत्र लिएका कतिपय सँग अहिले परिचय पत्र नभएकाले यो निर्णयले अन्यौल थपेको छ ।
आयोगले पहिले नै आगामी निर्वाचमा पनि पहिले कै प्रयोग हुन्छ भन्ने जानकारी दिएको भए मतदाताले परिचय पत्र सुरक्षित राख्ने थिए । मतदातालाई यो जानकारी पनि दिइएन । निर्वाचनको समयमा मतदान केन्द्रबाट परिचय पत्र पुन बितरण हुने बुझाईले अधिकासंसँग पहिले लिएको परिचय पत्र छैन ।
निर्वाचन आयोगले बिगतमा मतदान हुने अघिल्लो दिन परिचय पत्र नभएका वा हराएकाले नागरिकता, लालपुर्जा वा परिचय खुल्ने आधिकारीक कागजात भएको खण्डमा भोट गर्न दिने निर्णय गरेको थियो । अहिले परिचय पत्र अनिवार्य भन्ने, मतदातालाई जिल्ला निर्वाचन कार्यालय सम्म आएर निवेदन दिन लगाउने र अन्ततः चुनावको अघिल्लो दिन अन्य परिचय पत्रले पनि मतदान गर्ने दिने संभावना भने छ ।
यो निर्णयले सर्वसाधारणलाई सास्ती थपिएको छ । परिचय पत्र नबनाउँदा मतदान गर्न नपाउने हो भने बनाउने सोचमा अधिकासं छन् । तर नागरिकता देखाएर पनि मतदान गर्न पाउने संभावना हो भने अहिले वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय गएर परिचय पत्र बनाउने सोचमा अधिकासं छैनन् ।
यस अघिको निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका तर मतदाता परिचय पत्र नलिएकाको हकमा भने जिल्ला निर्वाचन कार्यालय सँग परिचय पत्र सुरक्षित छ । २०७४ को निर्वाचन पछि नामावली दर्ता गराएकाहरुको पनि परिचय पत्र मतदान स्थलमा स्वतः आउनेछ । परिचय पत्र फेरी बनाउन झन्झटिलो भएको भन्दै सर्वसाधारण चिन्तित छन् ।
कामको शिलसिलामा जिल्ला बाहिर रहेका र साथमा परिचय पत्र नभएकालाई गाउँ फर्किएर वडा कार्यालयको सिफारिस लिएर जिल्ला निर्वाचन सम्म जाँदा दुःख सँगै खर्चिलो हुनेछ । यसलाई सहजिकरण गर्न तर्फ आयोग र निर्वाचन कार्यालयले ध्यान दिनुपर्छ । राजनीतिक दलका नेतृत्वले पनि जनताका लागि यस्तो झन्झटिलो प्रक्रिया सच्याउन र सरल बनाउन दबाव दिनुपछ




