| आइतवार, कार्तिक २२, २०८३

साहसीक पर्यटन प्रवद्र्धनका लागि धार्चेमा रक क्लाईम्बिङ

साहसिक पर्यटन प्रवद्र्धन गर्नका लागि धार्चे गाउँपालिकाको विभिन्न स्थानमा रक ल्याईम्बिङको रुट निर्माण गर्ने कार्म भइरहेको छ । धार्चे गाउँपालिकाको हुल्चुक र काशीगाउँबेसीमा यस अघि नै रक क्लाईम्बिङका लागि रुट निर्माण भइसकेको छ ।

हाल वडा नं ३ खोर्लाबेसी भीरमा रक क्लाइम्बिङका लागि रुट निर्माण गर्ने काम भइरहेको धार्चे पर्यटन प्रवद्र्धन समितिका संयोजक मणी गुरुङले जानकारी दिए । ‘खोर्लाबेसीको भीरमा रुट सेटिङका लागि मेसिनबाट भिरमा प्वाल पारेर किल्ला खोप्ने काम हँुदैछ, प्वालमा नट हाल्ने र रुट पक्का भएपछि डोरी हालेर चढ्न मिल्छ, अहिले धामधम काम भइरहेको छ’ विहिबारसम्ममा सबै काम सकिन्छ’ संयोजक गुरुङले भने ।

नेपाल पर्वतारोहण प्रशिक्षक संघका उपाध्यक्ष मुलाल गुरुङको नेतृत्वमा छ जना टिम रक क्लाईम्बिङका लागि रुट सेटिङको काम गरिरहेको उनले बताए । साहसिक पर्यटकहरुका लागि खोर्लाबेसीको भिरमा रक क्लाईम्बिङ गर्न धेरै सहज हुने उनले बताए । सो स्थान मनास्लु पदमार्ग मै पर्ने भएकाले पनि पर्यटकहरु रक क्लाईम्बिङको मज्जा लिन सकिने उनले बताए ।

गुरुङका अनुसार आन्तरिक तथा बाह्यक पर्यटकलाई लक्षित गरेर रक क्लाईम्बिङ स्थल निर्माण गरिएको हो । रुट निर्माणको काम सम्पन्न भएपछि रक क्लाईम्बिङका विभिन्न प्रतियोगिता पनि संचालन गर्न सकिने गुरुङले जानकारी दिए । धार्चे गाउँपालिकाको आर्थिक सहयोग, चुरेन हिमालको प्राविधिक सहयोग र धार्चे पर्यटन प्रवद्र्धन समितिको सहजिकरणमा रक क्याईम्बिङको रुट निर्माण भएको हो ।

रक क्लाईविम्बङको रुट निर्माणका लागि चालु वर्ष तीन लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । भविष्यमा स्वदेशी तथा विदेशी युवाहरुलाई शाहसीक खेल प्रतियोगिता तथा प्रशिक्षण गराउन, पर्यटन प्रवद्र्धन गरी स्थानीय स्तरमा रोजगरी सिर्जन गर्न र पर्यटकीय गन्तव्यहरु स्थापित गरी गाउँपालिकाको आन्तरिक राजस्वमा बृद्धि गर्ने उद्देश्य रक क्लाईम्बिङ स्थलन निर्माण गर्न लागेको गुरुङले जानकारी दिए । सोे रक क्लाईम्बिङ स्थल हाइवेमा पर्ने भएकाले पर्यटक यहाँ सम्म आउन धेरै सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्