
मतदाता परिचय पत्र पहिले लिएर हराएकाले मात्रै नयाँ बनाउनु निवेदन दिनुपर्ने
तपाईले यस अघि चुनावमा लिनुभएको मतदाता परिचय पत्र अहिले साथमा छैन ? कि च्यातिएको, पानीले भिजेर मेटिएको छ ? यदी नयाँ बनाउनुपर्ने छ भने फागुन २० गते सम्म जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्छ ।
निवेदन दिनका लागि वडा कार्यालयबाट सिफारिस लिनुपर्छ । सिफारिस लिन वडा कार्यालयमा निवेदन पेश गर्नुपर्छ । ‘के भएर हराएको वा च्यातिएको के हो भन्ने बिवरण खुलाएर वडा कार्यालयमा निवेदन दिने, वडाबाट सिफारिस ल्याएर जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्र्छ’ जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोईरालाले भने ।
यस अघिको निर्वाचनमा मतदाता परिचय पत्र नलिएकाहरुको भने कार्यालयमा सुरक्षित रहेको उनले बताए । यस्तै निर्वाचना पछि मतदाता नमावलीमा नाम दर्ता गराएकाहरुको पनि परिचय पत्र बन्दैछ । ‘पहिले नलिएका र पछि नाम दर्ता गराएकाहरुको परिचय पत्र सुरक्षित छ’ कार्यालय प्रमुख टेबहादुर कोईरालाले भने ‘मतदान केन्द्रमा निर्वाचनको बेला बितरण हुन्छ ।’ परिचय पत्र लिएर हराएकाको लागि मात्रै अहिले निवेदन दिन निर्वाचन आयोगले सुचना जारी गरेको उनले बताए ।
निर्वाचन आयोगका प्रबक्त शालिग्राम शर्माले निर्वाचन आयोगले मतदान गर्न परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेसँगै हराएकाहरुलाई नयाँ बनाउन निवेदन दिन अनुरोध गरिएको बताए । परिचय पत्र बिना मतदान गर्न नपाउने निर्णय आयोगले गरेको छ । तर हरेक वर्ष मतदान हुने दुई दिन अघि राजनीतिक दलहरु, सरकारको आग्रहमा आयोगले परिचय खुल्ने प्रमाण पत्रको आधारमा मतदान गर्न दिने गरेको छ ।
७७ पछि माघ २४ सम्म प्रवेश गरेकोहरु पनि तयो लिस्ट हेरेर सच्याउन मिल्ने, केही अवधिमा २२ गते सम्म,




