
गोरखामा २१५ मतदान स्थल
यस अघिको निर्वाचनमा भन्दा अब हुने निर्वाचनमा गोरखामा दुई वटा मतदान स्थल थपिने भएको छ । गोरखाको धार्चे गाउँपालिका २ केरौजाको लामाबेसी र गण्डकी गाउँपालिका २ आमटारमा मतदान स्थल थपिएको हो । यसँगै आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतदान स्थल दुई सय दुई सय १५ पुगेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
कार्यालय अनुसार २०७४ सालमा गोरखा कुल मतदान स्थल दुई सय १३ रहेको थियो । निर्वाचन सम्बन्धी सहजीकरणका लागि जिल्लाको ११ वटै स्थानीय तहमा छिट्टै निर्वाचन फोकल पर्सन तोक्ने तयारी भइरहेको निर्वाचन कार्यालय गोरखाका प्रमुख टेक बहादुर कोइरालाले जानकारी दिए । यस्तै, निर्वाचन कार्यालयले एउटै मतदान स्थलमा एक हजार भन्दा बढी मतदाता भएमा सोही स्थल अन्तरगत अर्को केन्द्र स्थापना गर्नेछ ।
कार्यालय अनुसार २०७४ सालमा गोरखामा दुइ सय ८२ मतदान केन्द्र रहेको थियो । आगामी स्थानीय तहको निर्वाचनमा मतदान केन्द्र बढ्न सक्ने उनले बताए । जिल्ला समन्वय समितिको संयोजत्वकमा एक वष अघि जिल्लामा दुई सय ९५ वटा मतदान केन्द्र निर्धारण गर्न आयोगलाई सिफारिस गरिएको तर हाल सम्म निर्णण भएर आइनसकेको कोइरालाले बताए ।
जिल्लामा पछिल्लो समयमा पालिका स्तरमा मतदाता नामावी संकलन कार्यक्रम अन्तरगत मतदाता संख्या थपिएकाले केन्द्र बढ्न सक्ने उनको तर्क गरे । केही महिना अगाडि पालिका स्तरमा संचालन गरेको मतदाता नामावली संकलन कार्यक्रममा जिल्लामा १५ हजार भन्दा बढी मतदाता थपिएको उनले बताए । मतदाता नामावली नाम भएको तर मृत्यु भइसकेको, कुनै बसाँइ सरेको र उनीहरुको नामावली हटाइनसकेको जिल्ला कुल मतदाता यकिन हुन नसकेको समेत उनले बताए ।
यस्तै, निर्वाचन आयोगले मतदाता परिचय पत्र नष्ट भएको वा हराएको भएमा फागुन २० गते सम्ममा सम्बन्धित वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा आएर निवेदन दिन समेत सूचना जारी गरेको छ । त्यस पछि कार्यालय जिल्ला सम्पूण विवतरण आयोगलाई पेश गर्ने र आयोजक चुनाव अगाडि सबै जिल्लाको मतदाता नामावली प्रकाशन गर्नेछन् ।
#मतदान_स्थल




