| सोमवार, कार्तिक २३, २०८३

जसपाले भिमसेन थापामा घोषणा पत्र निर्माण समिति बनायो

जनता समाजवादी पार्टी भिमसेन थापा गाउँपालिकाले आउँदो स्थानीय तहको निर्वाचन लक्षित गरेर घोषणा पत्र तयार गर्न समिति निर्माण गरेको छ ।

गाउँपार्टी उपाध्यक्ष मिलन न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय घोषणा पत्र निर्माण समिति तयार गरिएको जनता समाजवादी पार्टीका जिल्ला सचिव बिपिचन्द्र ढकालले बताए । ‘गाउँपालिकाको अवस्था, जनताको चाहना अनुसार समितिले घोषणा पत्र तयार गर्छ’ उनले भने ‘घोषणा पत्र अनुसार नै जनताको समस्या समाधान गर्ने गरि त्यो गाउँपालिकामा पार्टीका साथीहरुले काम गर्नुहुन्छ ।’

जनताका बिचबाट नै घोषणा पत्रका विषय चयन गरिने उनले बताए । यस्तै दुर्गा ढकालको सयोजत्वमा एक सय ६७ सदस्य निर्वाचन परिचालन समिति गठन गरिएको छ । आसन्न निर्वाचनमा उक्त समितिले प्रचार प्रसार सँगै रणनीति तय गर्नेछ । डिलबहादुर आलेको संयोजत्वमा २१ सदस्य प्रचारप्रसार समिति र बसन्त देवकोटा संयोजकत्वमा सात सदस्यी आर्थिक समिति गठन गरिएको छ ।

राजेश पाण्डेको सयोजकत्वमा ३७ सदस्यीय युवा परिचालन समिति गठन गरिएको ढकालले जानकारी दिए । केन्द्रिय सदस्य रोहित पाण्डेको संयोजकत्वमा तीन सदस्यीय राजनीतिक परामर्श समिति गठन गरिएको छ ।
जसपा केन्द्रिय सदस्य तथा भिमसेन थापा गाउँपालिका अध्यक्ष रोहित पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्ट, उपाध्यक्ष राजेन्द्र पराजुली, ओम बहादुर श्रेष्ठ, खडानन्द भट्ट, विकास लामिछाने, डिल बहादर आले लगायतले मन्तव्य राखेका थिए ।

सरकारले २०७९ बैशाख ३० गतेका लागि निर्वाचनको मिति घोषणा गरेसँगै जनता समाजवार्दी पार्टी गोरखाले चुनाब लक्षित गतिविधी तिब्र बनाएको छ । सिरानचोक, धार्चे र भिमसेन थापा गाउँपालिकामा निर्वाचन परिचालनका लागि बिभिन्न कमिटि निर्माण भईसकेको जिल्ला सचिव बिपिनचन्द्र ढकालले बताए । ‘बुधवार शहीदलखन गाउँपालिकामा हुनेछ भने अन्य पालिकामा पनि क्रमस निर्वाचन परिचालन कमिटि बनाउँदैछौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्