
विद्यालय तहमा मतदाता शिक्षा दिँदै निर्वाचन कार्यालय
जिल्ला निर्वाचन कार्यालय गोरखाले जिल्ला विभिन्न विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिरहेको छ । चालु वर्ष जिल्लाका भित्रका आठ वटा विद्यालयमा मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने कार्यक्रममा रहेको कार्यालय प्रमुख टेक बहादुर कोइरालाले बताए । ती मध्य हाल सम्म चार वटा विद्यालयमा कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
हरेक विद्यालयका ९ र १० कक्षामा अध्ययरत बालबालिकाहरुलाई मतदाता शिक्षा दिदै आइरहेको उनले बताए । ‘अहिलेका सा–साना बालबालिकाहरु नै भोलिका यो देश ठूला मान्छे हुने हो । त्यसैले उनीहरुले मतदान प्रक्रिया जान्नुपर्ने हुन्छ, एक पटक सिकेपछि सधैका लागि काम लाग्छ’ उनले भने, ‘मतदाता शिक्षा सम्बन्धी ज्ञान भएमा उनीहरुले आफ्ना घर, छरछिमेक, समुदायलाई पनि सिकाउन्छ । त्यसले गर्दा मतदान प्रक्रियामा धेरै सहज पु¥याउछ ।’ विद्यालयको पाठय्क्रममा मतदाता सम्बन्धी विषयबस्तु रहेता पनि कार्यालयबाट खटिएका टिमले प्रयोगात्म रुपमा मतदाता सम्बन्धी शिक्षा दिने गरेको उनले बताए ।

सो कार्यक्रम अन्तरगत निर्वाचन गर्नका लागि आवश्यक प्रक्रियाहरु, मतदाताको योग्यता, निर्वाचन किन महत्व छ ? निर्वाचन गर्दा के के प्रक्रिया गर्नुपर्र्छ, संविधान, लोकतान्त्र लगायतका विषयबस्तुहका बारेमा उनीहरुलाई जानकारी गराएको उनले बताए ।
चालु वर्ष पुष देखि कार्यक्रम संचालन गरिएको तर कोभिडका कारण विद्यालय केही समय विद्यालय बन्द भएकाले अहिले संचालन भइरहेको कार्यालयले जनाएको छ । यो कार्यक्रम प्रत्येक वर्ष निरन्तर संचालन भइरहने बताउदै सकभर एउटै विद्यालयमा नदोहोरिने गरी कार्यक्रम संचालन भइरहेको उनले उनले जानकारी दिए ।
सोमबार गोरखा नगरापलिकाका डुम्रीडाँडामा रहेको रत्नलक्ष्मी माविमा अध्ययतरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई मतदाता सम्बन्धी प्रक्षिशण दिएको कार्यालय प्रमुख कोइरालाले जानकारी दिए ।




