
दलीय स्वार्थभन्दा माथि उठेर गोरखा विकासमा एक बनौँ

शोभा अधिकारी
गोरखालीको पहिचान वीरहरूको गौरवमय इतिहास हो । संसारले यही बुझ्छ । तर , उचित प्रचारप्रसारको अभावमा गोरखाका जिल्लाको उत्तरी भूभाग अवस्थित मनास्लु हिमालको सौन्दर्य संसारलाई थाहा नहुन सक्छ । तसर्थ, वीरताको चिनारी त्यसमाथि पनि ऐतिहासिक र प्राकृतिक सम्पदाले ओजपूर्ण छ, गोरखा ।
गोरखाले आधुनिक नेपालको एकीकरणको प्रारम्भिक पहिचान बोकेको छ । द्रव्य शाह, राम शाह, पृथ्वीनारायण शाह, कालु पाण्डे, भीमसेन थापा, लखन थापा, भिक्टोरिया क्रस विजेता गजे घले, थमन गुरुङ, भानुभक्त गुरुङ र लक्ष्मण गुरुङ गोरखाकै धरोहर हुन् ।
हिमाली सौन्दर्यको अनुपम प्यास मेटाउने हो भने गोरखाको उत्तरी भागमा रहेको मनास्लु हिमाल संसार भुलाउने गरी एउटा प्रतीक बनेर हाँसिरहेकोछ । मानव जीवनलाई मनास्लु हिमाली क्षेत्रको वातावरणले सहजै मोहनी लगाउँछ । प्रकृतिको अनुपम उपहार हिमाली भूभाग मनै लोभ्याउने मनास्लु र मनास्लुको फेदीमा रहेको हिमतालले छुट्टै आनन्द दिन्छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजना अन्तरगत छुटाउने नहुने ठाउँ पनि कम सौन्दर्यका छैनन् । वीरेन्द्र हिमताल, कालताल, तिंगारा ताल, हिमालचुली, ङादीचुली हिमाल, यी प्रकृतिका अनुपम भण्डारले मानव जीवनलाई लोभ्याउँछन् । डाँफे, हरिण, घोरल, झारल, थार, चौरीको दृश्यसँगै मनास्लुको मुस्कान हेर्दा सिंगो गोरखाको सौन्दर्य झल्कन्छ । सिर्दिबास, चुन्चेत, छेकम्पार, विही, प्रोक, ल्हो र सामागउँ यी सात वटा गाविस समेट्दै सन १९९८ बाट मनास्लु संरक्षण क्षेत्र आयोजना लागु गरिसकेपछि पर्यटकको ध्यान मनास्लुको सौन्दर्यमा परेको हो ।
विश्वको आठौ अग्लो (८, १६३ मिटर) हिमशिखरको पहिचान बोको छ मनास्लुले । तर यहाँका बालबालिकाले पढन पाएका छैनन् ।
महिला, बृद्ध, युवा गरिबीको पीडामा बाँिचरहेकाछन्, गरिबी, अशिक्षा, अभाव, दुख र पीडा सहेर बस्न बाध्य भए पनि यहाँका बासिन्दा मनास्लु हिमालजतिकै कञ्चन छन् । उनीहरुको मन सफा छ, हृदय फराकिलो छ । कसले पु¥याउने त्यहाँ शिक्षा, कस्ले गरिदिने त्यहाँका बासिन्दाको स्वास्थ्योपचार, कसरी माथि उठाउने गरिबीको चपेटाबाट उनीहरुलाई ? यी र यस्तै प्रश्नले सताइरहेको छ ।
मनास्लु संरक्षण आयोजनाले समेटका सात वटा उत्तरी भेगका साविकका गाविसमा दक्ष स्वास्थ्यकर्मीसहित औषधी उपचारको सम्पूर्ण सेवा सबै गाविसमा पु¥याउने शिक्षाको उज्यालो ज्योति घरघरमा बाल्ने, आवश्यक नुनतेल किनेर आवतजावत गर्न मोटरबाटाको उचित व्यवस्था गर्ने यो व्यवहारिक योजना र दृढ विचार शक्तिका लागि कुशल व्यवस्थापक र असल नेतृत्वको खाँचो छ गोरखालाई । यसका लागि विकासको संकल्प र महान अभियान आवश्यक छ । विकासक्रमको जग खन्नेपर्छ अव त । इतिहासलार्य मात्र सिरानी हालेर गोखराको विकास सम्भव छैन ।
मनासलु क्षेत्र संरक्षण आयोजना अन्तर्गत सेमटिएका चुमनुब्री गाउँपालिका ४ को प्रोक गाउँमा हवाई यातायात विस्तरका लागि विमानस्थल बनाउने चर्चा चलेको तीन दशक पूरा भइसक्यो । तर, यस विषयमा न राज्यले चासो दियो, न जिल्लाको नामबाट परिचित राजनीतिक नेतृत्वले । माल्दिभ्सका हरेक टापु आज पर्यटकका लागि आकर्षणको केन्द्र भएका छन् ।
यर्सैगरी मलेसिया पर्यटक आगमनको केन्दप्रविन्दु नै भएको छ । प्राचीन सभ्यताले पर्यटकको आकर्षण बनिरहेछ इजिप्ट । सुन्दर र आकर्षणको केन्द्र भएर पनि नेपालको मनास्लु क्षेत्र ओझेलमा परेको छ । सम्बन्धित निकायले यस तर्पm ध्यान दिनुप¥यो, मनास्लु क्षेत्रलाई विश्वकै पर्यटक एकपटक आउनैपर्ने स्थानको रुपमा विकास गर्नुप¥यो । जिल्लाको बारपाक गाउँ पनि त्यतिकै सुन्दर र मनोरम छ । बारपाक पर्यटकीय गन्तव्यको प्रतीक्षामा बसिरहेको छ । साँस्कृतिक पहिचान, घाँटुचान, मारुनी, चुटका, बालुन, सोरठी, ख्याली, ठाडोभाका लगायतका गीत तथा नाज अनि यहाँको आफ्नै मौकिता, जीवनशैली एउटा सन्देश फरक बन्नसक्छ ।
ऐतिहासिक थलो नेपाल निर्माणको जगको रुपमा चिनिने लिगलिग कोट त्यतिके परिचित छ । दौडमा घलेहरुलाई छल गरेर, झुक्काएर द्रव्य शाह राजा भएपछि गोरखाको राज्यको जग निर्माण भएको थलो हो, लिगलिगकोट । दुई कोशको लिगलिगे दौडमा भाग लिएर प्रतिद्वन्द्वीलाई उछिन्दा लिगलिगकोटको राजा हुन पाइन्थ्यो । विस. १६१६ मा द्रव्य शाह राजा भएपछि लिगलिगे दौडलाई विश्राम गरियो ।
राजाको छोरा राजा हुने प्राय प्रचलन छ । तर प्रथम हुने राज्य प्रमुख बन्ने यसलाई गणतान्त्रिक अभ्यासको रुपमा लिन सकिन्छ । दौडेर राजा बन्ने त्यो परम्परा सायद संसारमै पहिलो पटक हुनसक्छ । त्यसकारण पनि पर्यटकीय गन्तव्य हुनसक्छ लिगलिग पनि ।
सत्राँै शताब्दीमा निर्माण गरिएको शक्ति र समृद्धिका अपार देवीको मन्दिर, ‘मनकामना’ गोरखामै अवस्थित छ । देशभरबाट मनको इच्छा पूरा हुने विश्वासका साथ आन्तरिक पर्यटको घुइँचो नै लाग्छ मनकामनामा । गोरखकाली, गोरखनाथ, ऐतिहासिक गोरखा दरबार, लखन थापा गुफा, बक्रेश्वर महादेव मन्दिर यी महत्वपूर्ण पर्यटकीय थलोको प्रचार प्रसार हुनसक्ने हो भने गोरखाको वास्तविक सौन्दर्य झल्कन्छ ।
तसर्थ, प्राकृतिक र ऐतिहासिक सम्पदा देशको अमूल्य पुँजी हुन् । पुँजीको रुपमा रहेका सम्पदाको उपयोग गर्न सक्यौँ भने आर्थिक लक्ष्यमा पुग्न हामी सफल हुनेछौँ । यसको उपयोगबाट देशको सौन्दर्य उजागर हुन्छ । गोरखालाई समृद्ध र विकसित बनाउने हो भने मनास्लु भेगमा विमानस्थल बनाउन ढिलो गर्नुहुन्न ।
जिल्लाको विकासमा कुनै वादको छाया पार्नु भएन । विकास साम्यवाद, पुँजीवाद, समाजवादबाट हुने होइन । हामी जुनसुकै वादमा विश्वास गर्ने भए पनि गोरखाको विकासमा लागि ‘विकासवाद’ अँगालौँ । गोरखाले सामाजिक न्यायसहितको आर्थिक क्रान्ति खोजेको छ । कुनै दलविशेष होइन, सबै मिलेर गोरखामा विकास अभियानको संकल्प सार्वजननिक गरौँ । गोरखालाई साँच्चिकै विकसित र समृद्ध बनार्औँ । सम्पूर्ण दल मिलेर जिल्ला विकासको साझा एजेन्डा निर्माण गरौँ । यो साझा एजेन्डलाई राष्टूकै एजेन्डा बनाऔँ गोरखालाई समृद्ध बनाउने सपना हो भने । जुटौँ सबै लागौँ गोरखाको इतिहास कायम राख्न र नयाँ इतिहास बनाउन कम्मर कसौँ ।




