| सोमवार, कार्तिक २३, २०८३

गैसस महासंघ गोरखाको अध्यक्षमा पुन : श्रेष्ठ चयन

गैरसरकारी संस्था महासंघ गोरखाको अध्यक्षमा यसअघिको कार्यकालका अध्यक्ष सीताराम श्रेष्ठ नै चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न संस्थाको ११ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट पुनः श्रेष्ठको अध्यक्षमा १५ सदस्यीय कार्यसमिति चयन भएको हो ।

समितिको तीनबर्षे कार्यकालका उपाध्यक्षमा हरि देवकोटा, सचिवमा बालकृष्ण लामिछाने, सहसचिवमा शारदा घिमिरे, कोषाध्यक्षमा रामबाबु ढकाल चयन भएका छन् । सदस्यहरुमा भूमीप्रसाद रेग्मी, निर्माण घिमिरे, निरञ्जनरमण खनाल, सन्तोष पाण्डे, गितामाया श्रेष्थ, मिलनसिंह बस्नेत, राज गुरुङ, सुनिल न्यौपाने, साने गुरुङ र अनिता नेपाली चयन भएका छन् ।

कार्यक्रममा गोरखा जिल्लाको सामाजिक रुपान्तरण, मानव अधिकार, विपन्न, पिछडिएका जातजातिको क्षेत्रमा क्रियाशील भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए । साधारणमा सभामा सचिव हरि देवकोटाले संस्थाको वार्षिक प्रगति विवरण र कोषाध्यक्ष रामबाबु ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला समन्वय समितिका उपप्रमुख जानुका अधिकारी, महासंघका केन्द्रीय सचिव काजीराम रोका, गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष कमल लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्