
बेस्ट मण्टेश्वरीका बालबालिकाद्वारा प्रजातन्त्र दिवस मनाइयो
गोरखा सदरमुकामको नयाँबजारमा रहेको बेस्ट मण्टेश्वरीका बालबालिकाहरुले प्रजातन्त्र दिवस मनाएका छन् । ७२ औ प्रजातन्त्र दिवसको अवसरमा सो मण्टेश्वरीमा अध्ययनरत बालबालिकाले मन्टेश्वरीदेखि विपीचोकसम्म व्यानरसहित ¥याली आयोजना गरी प्रजातन्त्र दिवस मनाइएका हुन् ।
चारबर्षका बालबालिकाहरुलाई देशभक्ति भाव जगाउन र प्रजातन्त्रप्रति आस्थावान बनाउन सय कदम हिडाउने ¥याली आयोजना गरिएको वेस्ट मण्टेश्वरी चिल्डे«न हाउसकी प्रमुख कल्पना श्रेष्ठले बताइन् । ‘साना बालबालिकाहरुलाई किताबमा भएको कोर्श पढाएर बुझदैनन् ।

प्रजातन्त्र दिवसमा सय कदम हिडाउने भनेर विभिन्न नारा सहित विपी चोकसम्म हिडेर अभ्यास गरेका थियौ’ उनले भनिन्, ‘बालबालिकालाई पढाएर भन्दा पनि प्रयोगात्मक कार्य गराएर सिकाउने हाम्रो मण्टेश्वरीको आफ्नै तरिका हो, त्यसैले प्रजातन्त्र दिवसका अवसरमा प्रजातन्त्र दिवस मनाइएको हो । यसअघि पृथ्वीजयन्तीको दिनमा पनि यसरी नै मनाएका थियौँ ।’ विशेष दिवशको उपलक्ष्यमा मनाएर नै पढाइने उनले बताइन् ।
प्रजातन्त्र दिवस याद आउन भनेर सय कदम हिडाउने अभियान संचालन गरिएको उनले बताइन् । सो अभियानमा तीन वर्षदेखि साँढे चार वर्षका ४८ जना बालबालिकाको सहभागिता रहेको थियो । मण्टेश्वरीमा अध्ययनरत सबै बालबालिकाहरुलाई प्रयोगात्मक रुपमा पठनपाठन गर्दै आइरहेको उनले बताइन् ।




