| सोमवार, कार्तिक २३, २०८३

गोरखाका ७५ विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

गोरखाका ७५ वटा विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको सेवा सुविधा प्राप्त गर्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले सो कार्यक्रम सञ्चालनका लागि ती विद्यालयहरूको छनोट गरेको हो ।

मन्त्रालयले छनौट गरेका विद्यालयहरुमध्य सबै भन्दा धेरै गोरखा नगरपालिकाका १४ वटा विद्यालय छनौट भएका छन् । आरुघाट गाउँपालिकाका १२, भिमसेन थापा र सिरानचोक गाउँपालिका ९÷९, गण्डकी गाउँपालिका ८, शहिदलखन गाउँपालिका ६, पालुङटार र अजिरकोट गाउँपालिका ५÷५, धार्चे गाउँपालिकाका ४, बारपाक सुलिकोटका २ र चुमनुब्री गाउँपालिका एक विद्यालयत छनौट भएका छन् ।

गोरखाबाट छनौट भएका ७५ वटा विद्यालय मध्य ७२ वटा विद्यालयहरुमा छनौटमा परेका विद्यालयले ६ लाख ५० हजार रुपैयाँका दरले सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि चार करोड ६८ लाख र दुई वटा विद्यालयका दुई र चार कोठे भवन निर्माणका लागि ५४ लाख र एक विद्यालयमा ल्याप स्थापनाका लागि १० लाख गरी कुल पाँच करोड ३२ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । सो रकमबाट सामुदायिक विद्यालयको स्तरोन्नति गर्न विभिन्न कार्यक्रम गरिनेछ ।

गोरखा नगरपालिकाका महालक्ष्मी मावि, रामशाह मावि, नवज्योति मावि, महालक्ष्मी मावि ताप्ले, विन्ध्यवासिनी मावि नारेश्वर, रत्नराज्य मावि विरिन्चोक, सरस्वती मावि आहाले, तारा मावि छेवेटार, शक्ति मावि पाटेचौर, जनज्योति मावि बन्दीचौर, रत्नलक्ष्मी मावि डुम्रीडाँडा, राष्टिूय मावि घलाङ, महेन्द्रज्योति मावि दरबारमार्ग र ताप्लेको मदर्सा सैयद्गा अबुबकरलितहफिजिन कुरान ताप्लेका विद्यालय राष्टूपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् ।

यस्तै आरुघाट गाउँपालिकाका १२ विद्यालयहरुमा दरवार मावि, स्थानीय मावि, इन्द्रकन्या मावि, भवानी मावि, धारापानी मावि, गणेश मावि, गण्डकी मावि, भीमोदय मावि, अलैंचे मावि, जलकुमारी मावि, देवी जलकुमारी मावि र गणेश मावि रहेका छन् ।
यस्तै भीमसेन थापा गाऊँपालिकाका सरस्वती मावि बोर्लाङ, विन्द्रावती मावि, भगवती मावि, सिद्धकाली मावि, नवज्योति मावि, जागेश्वर मावि, नवजागृति मावि र पाटनदेवी मावि र वुद्ध मावि रहेका छन् ।

सिरानचोक गाउँपालिकाको जनज्योति मावि, चन्द्रोदय मावि, चित्रेपोखरी मावि, नेपाने मावि, धर्मावती मावि, आहालभञ्ज्याङ मावि, झिम्रेक महिपते मावि, हिमाली मावि र कृष्णज्योति मावि रहेका छन् ।
गण्डकी गाऊँपालिकाको ताङ्लिचोक मावि, भैरवाश्रम मावि, सूर्योदय मावि, तोमनडाँडा मावि, विजया भवानी मावि, भगवती मावि, दीर्घेश्वर मावि र ज्ञानमार्ग मावि छनौट भएका छन् ।

यस्तै शहिद लखन गाउँपालिकाको चण्डिका आधारभूत विद्यालय, शहिदस्मृति मावि, जलदेवी मावि, जनशक्ति मावि, सिद्धस्थानी मावि र बक्रेश्वर मावि रहेका छन् ।
पालुङटार नगरपालिकाका त्रिवेणी मावि, ओमकार योग आयुर्वेद गुरुकुल, लक्ष्मी मावि गाईखुर, मदनेडाँडा मावि र मिरकोट मावि उक्त कार्यक्रमका लागि छनौट भएका छन् ।

उक्त कार्यक्रमका लागि छनौट भएका गोरखाका विद्यालयहरुमा अजिरकोट गाउँपालिकाको चतुर्माला मावि मुच्चोक, ताराचन्द्र मावि कुसुण्डे, जीवनज्योति मावि काफलडाँडा, धनसिरा मावि घ्याच्चोक र जीवनज्योति मावि बालुवा रहेका छन् ।

धार्चेको सूर्योदय मावि, जनजागृति मावि, सातकन्या मावि र प्रभातकिरण मावि, वारपाक सुलिकोट गाउँपालिकाको दुर्गा मावि रन्चोक र चन्द्रकला आधारभूत विद्यालय आरुखर्क र चुमनुब्री गाउँपालिकाको ल्हो मावि राष्टूपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् ।
छनौट भएका विद्यालयहरुमा केन्द्रले सम्बन्धित गाउँपालिकामा वजेट सहित निर्देशिका पठाउने र त्यसपछि कार्यक्रम कार्यान्वयन शुरु हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्