
खैरेनी, मुग्लीन तथा पृथ्वीराजमार्ग खुल्लै (फोटो फिचर)
विभिन्न ६ पार्टीको आयोजनामा नेपाल बन्द भनितएता पनि आज(बुधबार) आबुखैरनी बजार, मुग्लीन बजार, पृथ्वीराजमार्ग भने खुल्लै रहेको छ । त्यहाँका सबै खाले पसलदहरु खुल्ला र निर्वाध रुपमा संचालन भइरहेका छन् ।

निजी तथा भाडाका सवारी सधानहरु पनि संचालन भइरहेका छन । त्यसैगरी पृथ्वीराजमार्गमा बस, ट्रक, माइत्रोबस, ट्रयाक्सी, कार सबै निर्वाध रुपमा संचलानमा रहेका छन् । तर गोरखामा भने विहानै देखि सबै खालका पसलहरु, निजी तथा सार्वजनिक यातायाहरु ठप्प रहेका छन् ।
आज एमसीसी राष्ट्रघाती रहेको भन्दै विभिन्न ६ राजनीतिक दलले बन्द आब्हान गरेको थिए ।







