| सोमवार, कार्तिक २३, २०८३

नेकपा एमाले गोरखाद्वारा पाँच वटा विभाग गठन

नेकपा एमाले गोरखाले पार्टीको संगठन सुदृढीकरण गर्नका साथै आगामी स्थानीय तह निर्वाचनका तयारी लागि विभिन्न विभाग गठन गरेको छ । सोमबार र मंगलबार बसेको पार्टीको पूर्ण बैठकले पाँच वटा विभाग गठन गरेको पार्टी कार्यालयले जनाएको छ ।

जिल्ला सचिव काजीराम रोकाका अनुसार पार्टीको स्कूल विभागको संयोजकमा जिल्ला अध्यक्ष प्रेम गुरुङ चयन भएका छन् । पार्टीको प्रचार विभाग प्रमुखमा सुरेशबाबु श्रेष्ठ, आर्थिक विभाग प्रमुखमा विशाल थापा, स्थानीय विकास विभागमा जिल्ला उपाध्यक्ष कृष्ण नेपाली, संगठन विभागमा सचिव काजीराम रोका चयन भएका उनले बताए । सात विभाग मध्ये पाँच विभाग गठन गरिएको बाँकी दुईवटा विभाग भने अर्को वैठकले निर्णय गर्ने सचिव रोकाले बताए ।

त्यस्तै, जिल्ला अध्यक्ष प्रेम गुरुङको संयोजकत्वमा नेकपा एमाले जिल्ला सचिवालय समिति गठन गरिएको छ । गुरुङको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो । सचिवालय सदस्यहरुमा पदाधिकारी तथा विभागमा रहेका पाँचजना र बाँकी १२ जना जिल्ला कमिटी सदस्यहरु रहेको उनले जानकारी दिए । सचिवालयमा अध्यक्ष प्रेम गुरुङ, उपाध्यक्ष कृष्ण नेपाली, सचिव काजीराम रोका, उपसचिव सुरेश कुमार श्रेष्ठ र विशाल थापा रहेका छन् । त्यस्तै साधुराम थापा, टिकाराम नेपाली, गोविन्द रेग्मी, लोप्साङ लामा, तीर्थबहादुर नेपाली, सन्तबहादुर गुरुङ, काजीराम श्रेष्ठ, दीपा भट्ट, खिलप्रसाद पनेरु, मिनबहादुर गुरुङ, मोहनप्रसाद भट्टराई र सुमन श्रेष्ठ रहेको उनले जानकारी दिए ।

पार्टीको दुई दिनको पुन वैठकले स्थानीय तह निर्वाचन केन्द्र विन्दु बनाएर संगठन सुदूढीकरण अभियानलाई निरन्तर जारी राख्ने निर्णय भएको बताए । वैठकले सबैलाई आ(आफ्नो भूगोलमा पार्टीको प्रशिक्षण लगायतका क्रियाकलाप संचालनका लागि आवश्यक सामाग्री पठाएको साथै वैठकको निर्णयलाई कार्यान्वयन निर्देशन दिएको बताए ।

कार्यक्रमकै अवसरमा एकसय पाँचजना सदस्य रहने गरी जिल्ला सल्लाहाकार परिषद कमिटी गठन गरिएको सचिव रोकाले जानकारी दिए । यस जिल्ला कमिटीको आठ जनामा महिला सदस्यको पद रिक्त रहेकोमा मंगलबारको वैठकले पदपुर्ती गरेको उनले बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामशरण बस्नेतले पार्टी आवश्यकीय संगठन सुदूढीकरणका लागि विभिन्न वैठक, भेला लगायका क्रियाकलाप संचालनका लागि निर्देशन दिएको उनले बताए । पार्टीका जिल्ला अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज बस्नेत, केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज सम्झना देवकोटा, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य लगायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्