
कुखुराको निहुँमा बुहारीले गरिन सासुको हत्या
दाङमा बुहारीले आफ्नै सासु आमाको हत्या गरेकी छन्। घोराही उपमहानगरपालिका वडा नं। ८ सेवार निवासी ३२ बर्षीया लालसरी बुढाले आफ्नी ५६ वर्षीया सासु आमा दिलकुमारी बुढाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ। घटना बुधवार बिहानको भए पनि बिहीबार मात्रै प्रहरीले जानकारी पाएको र आरोपितलाई पक्राउ गरि सोधपुछ गर्दा लालसरीले हत्या स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवम् डिएसपी रामप्रशाद घर्तीका अनुसार बुधबार बिहान ६ बजेतिर बुहारी लालसरीको कुखुरा सम्मुख घर भएकी सासु दिलकुमारीको घरमा प्रवेश गरेर विठ्याँई गरेपछि झगडा भएको थियो। सासु दिलकुमारीले गाली गर्दै तेरो कुखुरा आएर घर भित्र विठ्याँउ गर्यो, भन्दै गालि गरेको र त्यसपछि बुहारी लालसरी गएर सासुको घाँटी अठ्याएर हत्या गरेको भन्ने खुल्न आएको दाङका निमित्त प्रहरी प्रमुख घर्तीले बताए।
सासु बुहारी छुट्टिएर भिन्दै बस्दै आएका भए पनि उनीहरुको घर सम्मुख थियो। प्रहरीका अनुसार सासु बुहारीको बिचमा लामो सयमदेखि बालेचाल पनि थिएन। लासरीका पति राजविराजमा बस्दै आएका छन्। घरमा कोही नभएको मौका छोपी रिसिवी साँध्न बुहारीले सासुको हत्या गरेको भन्ने पुष्टि भएको प्रहरीले बताएको छ। सासुको हत्या गर्ने बुहारी विरुद्ध कर्तब्य ज्यान सम्वन्धी मुद्दा चलाएर कानुनी उपचार थालिएको डिएसपी घर्तीले जानकारी दिए।




