| सोमवार, कार्तिक २३, २०८३

नेपाल बन्दका कारण बिहानैदेखि गोरखा बजार सुनसान

नेपाल बन्द हल्लाको प्रभावका कारण गोरखा बजार आज विहानै देखि सुनसान बनेको छ ।

विभिन्न ६ राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि गोरखामा समेत यसको प्रभाव देखिएको हो । एमसीसी राष्ट्रघाती रहेको भन्दै उनीहरु नेपाल बन्दको आब्हान गरेको हो ।

बन्दका कारण गोरखाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । बजार क्षेत्र सुनसान छ । सवारी साधन नचल्दा यात्रुहरु अलपत्र परेका छन् । पसलहरु खुलेका छैनन् । फाट्ट फुट्ट दुध बोक्ने गाडी, औषधी, बिरामी बोकेका एम्बुलेन्स भने चलेका छन् ।

जिल्ला सदरमुकामको मुख्य चोकचोकमा सुरक्षा सतर्कता बढाइएको छ । उता गृहमन्त्रालयले भने सबै प्रमुख जिल्ला अधिकारीलाईहरुलाई शान्ति सुरक्षा चुस्त राख्न र बन्दको प्रभाव पर्न नदिन निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्